0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले गायत्री प्राथमिक विद्यालयलाई विविध शैक्षिक सामग्री वितरण गरेको छ। कास्कीको घार्मीमा अवस्थित उक्त विद्यालयमा क्लबले एक समारोहबीच विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वेटर, स्टेशनरी र विद्यालयका लागि ह्वाइट बोर्ड हस्तान्तरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि गायत्री टोल विकास संस्थाका अध्यक्ष बलराम पौडेलले क्लबको सहयोगले विद्यालय र विद्यार्थी दुवै लाभान्वित भएको बताए।
भलाम श्रोत केन्द्रका श्रोत व्यक्ति लेखनाथ लामिछानेले २०४२ सालमा स्थापना भएको विद्यालयमा हालसम्म यसरी कुनै पनि क्लब तथा दाताले नसम्झेको बेला पोखरा सेन्ट्रल गार्डनको सहयोगले प्रेरणा मिलेको धारणा व्यक्त गरे। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमिला पौडेल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हिमलाल पौडेल, आमा समूहकी अध्यक्ष विष्णुमाया पौडेलले क्लबको सहयोगले आगामी दिनमा विद्यालय र क्लब बीचको आत्मीयतालाई प्रगाढ बनाएको बताए । क्लबका कोषाध्यक्ष रमेश पौडेल, फाइनान्सिएल डाइरेक्टर प्रमोद रानाभाट सदस्य वेद लामिछानेले क्लबका गतिविधिका बारेमा जानकारी गराएका थिए। क्लबका अध्यक्ष हरिबहादुर भाटको अध्यक्षतामा भएको कार्यक्रमका क्लबका प्रमुख उपाध्यक्ष कृष्ण रानाभाटले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम संयोजक क्लबका पीआरओ आनन्द पौडेलले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने सञ्चालन सचिव असफल गौतमले गरेका थिए।



Post a Comment

 
Top