0
गोल्डेन न्यूज संवाददाता
समाजमा बसेर समाजका लागि केही गर्नु सकुँ भन्ने भावनाले  पोखरा–६, बैदाम लालुपाते निवासी पर्यटन ब्यवसायी तथा युवा उद्यमी दामोदर गिरीले पोखरा–६ बैदाम स्थित शान्ति पथमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयलाई खाने पानी टंकी विद्यालयलाई हस्तान्तरण गरेका छन । पर्यटन ब्यवसायी तथा सामाजिक कार्यकर्ता गिरीले एक कार्यक्रमको आयोजना गरी १ हजार लिटरको खानेपनी टंकी करिब १५ हजार मुल्य बराबरको उक्त टंकी विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष शिवजि कुँवरलाई मंगलबार हस्तारन्तरण गरेका हुन् । विद्यालयमा रहेका विदर्थिहरुले पिउँने पानीको अभावमा यत्र छत्र जाने गरेका र विद्यालयमा खानेपानी टंकीको अभाव रहेको देखेर नै उनले विद्यालयमा पानी टंकी सहयोग गरेको उनले बताए ।  मानिस समाजिक प्राणी हो, समाज विना मानिस केही गर्न सक्दैन, समाजमा रहेर समाजका लागि केहि गर्न सकँु र समाजले मलाई के दियो ? भन्दा पनि समाजलाई मैले के दिएँ भन्ने भावना अनुसार नै सहयोग गरेको उनको भनाई छ । आफूपनि सानोमा विद्यार्थी भएको र साना विद्यार्थीहरु देख्दा आफ्नै भाइबहिनीहरु जस्तै भएकोले खुशीमनले नै सहयोग गरेको उनले भने ।  हामी जस्ता युवाहरुले समाजका लागि केही गर्ने सकेका समाजले पक्कै पनि मूल्याङ्कन गर्ने छ भन्दै युवा पिंढीहरुले पनि यस्ता कार्यमा सहयोगी हात बढाउनमा जोड दिन आग्रह गरे । विद्यालयलाई आवश्यक परेमा यस्ता सहयोग सामाग्रिहरु आगामी दिनहरुमा पनि सहयोग गर्ने पछि नपर्ने भन्दै आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवजी कुवँरले सहयोग सामाग्री बुझ्दै यस्ता सहयोगी मन भएका युवाहरु यो समाजमा पाउँनै मुस्किल छ भन्दै यस्तो सहयोगले विद्यालयका विद्यर्थीहरुको मुहारमा खुशि छाउने बताउँदै सयोग दाता गिरीलाई आगामी दिनहरुमा पनि सहयोगी हात लिएर आउन आग्रह गरे ।  सहयोग हस्तारन्तरण कार्यक्रम उपस्थिति सम्पूर्णले सकरात्मक कदम थालनि भन्र्दैै टिप्पणी गरेका थिए। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शिबजी कुवँरको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Post a Comment

 
Top