0
गोल्डेन न्यूज संवाददाता
ब्राम्हण समाज नेपाल कास्कीको तेस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन समितिका संयोजक महेश पराजुलीले एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष रामप्रसाद बस्ताकोटी लगायतका पदाधिकारी लाई पदस्थापित गराए । 
ब्राम्हण समाज नेपालका प्रमुख संरक्षक डा. नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष डिल्लीरमण बास्तोला, सचिव विश्वबन्धु पौडेल, सहसचिव हेमन्त पराजुली कोषाध्यक्ष विष्णु सुवेदी, सदस्यहरुः ईन्दिरा आचार्य, ताराप्रसाद पौडेल, शिवराज तिमिल्सिना, बालाराम बराल, नन्दप्रसाद बराल, लक्ष्मी पौडेल, रमा पौडेल, कर्णेल डिल्लीराम बास्तोला, शिवलाल पौडेलको पदस्थापन गराईएको थियो । कार्यक्रममा बोल्दै डा. नारायणप्रसाद अधिकारीले जातीय सद्भाव र स्वजातीय स्वाभिमान अभिवृद्धि गर्दै एवम् समाजका सदस्यहरुलाई संगठित गर्दै राज्यले लिएको विभेदकारी नीतिका विरुद्ध एकजुट गराउनका लागि नै समाज गठन भएको बताए । उनले धार्मिक, एवम् सांस्कृतिक पूनर्जागरणका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।  ब्राम्हण समाजका केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समितिका संयोजक महेश पराजुलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै ब्राम्हण समाजले आयोजना गरेको महायज्ञमा प्रतिवद्धता गरिए बमोजिम ब्राम्हण समाज नेपालको केन्द्रिय कार्यालय भवन निर्माणका लागि पोखरा–७ मुस्ताङचोकमा जग्गा खरिद भई सकेकोले सो ठाउँमा यथाशीघ्र भवन निर्माण कार्यको थालनी गर्नुपर्ने टड्कारो अवश्यकता भएका बताएका थिए ।  कार्यक्रममा ब्राम्हण समाज नेपालका केन्द्रीय सचिव भेषराज लम्साल, केन्द्रीय सदस्य माधव बराल, निवर्तमान कार्यवाहक अध्यक्ष ध्रुवप्रसाद पराजुलीले समाजले आगामी दिनमा गर्नुपर्ने कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।  कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामप्रसाद बस्ताकोटीले ब्राम्हण समाजको विधानमा उल्लेखित उद्देश्यहरु एवम् केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार सम्पूर्ण ब्राम्हणबन्धुहरुको सुझाव सल्लाहमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउने प्रतिवद्धता जनाए । 
ब्राम्हण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन समितिका संयोजक महेश पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थापक सचिव माधव बरालले गरेका थिए ।  यसैगरी  ब्राम्हण समाज नेपाल कास्की जिल्ला कार्यसमितिको बैठकले विधानमा व्यवस्था भए अनुसार बामदेव बस्ताकोटी, ख्यामनारायण पौडेल, खगराज आचार्य र बलराम ढुंगानालाई कार्यसमितिको सदस्य पदमा मनोनित गरेको छ । साथै डा. लेखनाथ आचार्य, ध्रुवप्रसाद पराजुली, पं. पिताम्बर पौडेल, शिवप्रसाद पराजुली, बेदनिधी शर्मा, शंकर खनाल, पं. कुलप्रसाद भट्टराईलाई विधान अनुसार सल्लाहकारमा मनोनित गरेको छ ।  बैठकले निर्वाचन समिति, जिल्ला परिषद्का सदस्य, केन्द्रिय पदाधिकारीहरु लगायत जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । लगत्तै कार्यसमितिको बैठक नवनिर्वाचित अध्यक्ष रामप्रसाद बस्तोकोटीको अध्यक्षतामा बसेको थियो ।

Post a Comment

 
Top