0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री शंकर भण्डारीले संविधान संशोधन विधेयकलाई सरकारले अघि बढाउने बताएका छन्। नेपाली काँग्रेस पोखरा–१७ को वडा भेला तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसोधना विधेयक कुनै हालतमा अगाडि बढ्ने भएकाले यसलाई फेल गरेर देखाउन एमालेलाई चेतावनी दिए। ‘सरकार संसदलाई अनिर्णयको वन्दी बनाउने पक्षमा छैन। अब संसदमा संशोधन विधेयक पेश हन्छ’ उनले भने–एमाले जस्तो जिम्वेवार पाटीलाई संसदलाई रोकिरहन मिल्दन। सक्छ भने संशोधन विधेयक फेल गराउन म चेतावनी दिन्छु। भोलिको संसद बैठकमा एमाले जिम्मेवार भएर प्रस्तुत नभए संशोधन विधेयक सरकारले अघि बढाउने उनको भनाई थियो। उनले भाषण गरेर मात्रै राष्ट्रियता बलियो हुने भए मधेसी दलहरुलाई सहमतिमा ल्याउन एमालेले किन नसकेको भन्ने प्रश्न गरे। राष्ट्रवादीका नारा लगाउने कम्युनिष्टहरुले इतिहास बिर्सेको उनको भनाई थियो । पृथ्वीनारायण शाहले पु¥याएको योगदानको मूल्यांकन गर्न नसकिएसम्म राष्ट्रियताको नारा लगाएर हिंड्नुको कुनै अर्थ न नरहेको उनको भनाई थियो। उनले काँग्रेसभित्र व्यक्तिवादी चरित्र मौलाउँदै जाँदा पार्टीका कार्यकर्तालाई अफ्ठयारो परेको बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७२ जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उक्त अवसरमा नेपाली काँग्रेसका यो क्षेत्रका पूर्व सभापतिलाई सम्मान गरिएको थियो भने वडा नं.१७ का प्रवेशिका परीक्षा र दज जोड दुईमा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्रि पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, खेमराज पौडेल, सोभियतबहादुर अधिकारी सांसद वृन्दादेवी राना, महाधिवेशन प्रतिनिधि ऋषि काफ्ले, नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य युवक लामिछाने, जिल्ला सदस्य रंगीला आचार्य, जिल्ला सदस्य नम्रता वराल, क्षेत्र नं.३ का क्षेत्रिय सभापति विजय आचार्य, सचिव दिपेन्द्र मर्सानी, निर्वतमान सभापति पुण्डरीप्रसाद बराल, पूर्व सभापति मुक्ति केसीले बोलेका थिए। नेपाली काँग्रेस पोखरा–१७ का ईकाई सभापति देवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति दिपेन्द्र वरालले स्वागत र सचिव डि.आर भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।

Post a Comment

 
Top