0
गोल्डेन न्यूज संवाददाता
नेपाल किसान संघ कास्कीको चौथो जिल्ला अधिवेशनले भेषराज पराजुलीलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । पराजुलीले यसअघि पनि संघको जिल्ला समितिको अध्यक्ष र जिल्ला रहेर काम गरिसकेका थिए । कास्कीको चापाकोट गाविसका पूर्व अध्यक्ष समेत रहेका उनी नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् । संघको नयाँ कार्यसमितिका सदस्यहरुमा जिल्लाका ४ निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुमध्ये क्षेत्र नं. १ बाट जानकी तिमिल्सिना, क्षेत्र नं. २ बाट माधवप्रसाद सिग्देल, क्षेत्र नं. ३ बाट बालकृष्ण भण्डारी र क्षेत्र नं. ४ बाट विष्णुहरि बराल रहेका छन् । यसैगरी ९ जना खुल्ला सदस्यमा ढाकानाथ कंडेल, विनोद प्रसाद ओझा, गोविन्द प्रसाद अधिकारी, जीवनाथ लामिछाने, प्रेमबहादुर गुरुङ, मानबहादुर कार्की, षडानन्द पौडेल, पशुपति सापकोटा र प्रेम प्रसाद पौडेल पनि सदस्य रहेका छन् । संघको कार्यसमितिमा ७ जना सदस्य र पदाधिकारीहरुको मनोनयन छिट्टै गरिने अध्यक्ष भेषराज पराजुलीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनका अनुसार जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेहरुमा जनजातितर्फ दुर्गा बहादुर घले, महिलातर्फ मनकुमारी पौडेल र दलित तर्फबाट शेखरबहादुर नेपाली रहेका छन् । यसअघि सम्पन्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि बन्नेहरुमा क्षेत्र नं. १ बाट नन्दलाल आचार्य र रमादेवी पौडेल, क्षेत्र नं. २ बाट मुकुन्द बाँस्तोला ज्वाला र वसन्तराज घिमिरे, क्षेत्र नं. ३ बाट लोकराज पहारी र वसन्तराज पराजुली तथा क्षेत्र नं. ४ बाट भेषराज पराजुली र शिव अधिकारी रहेका छन् । क्षेत्रीय अधिवेशनबाट क्षेत्र नं. १ को सभापतिमा गोपीचन्द्र बराल, २ को सभापतिमा चिरञ्जीवि बराल, ३ को सभापतिमा विश्वराज आचार्य र ४ को सभापतिमा आनन्दप्रसाद अधिकारी निर्वाचित भएको जिल्ला सभापति पराजुलीले बताए । 

Post a Comment

 
Top