0
गोल्डेन न्यूज संवाददाता
कास्कीको ढिकुरपोखरीस्थित माछापुच्छ«े मावि÷क्याम्पसमा हुन लागेको शैक्षिक तथा धार्मिक महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आगामी माघ ५ देखि १२ गतेसम्म संचालन हुनेछ । महोत्सवका लागि गठित विभिन्न उप–समितिहरुले आफ्नो जिम्मेवारी पूरा गर्ने कार्यलाई तीब्रता दिएका छन् । महोत्सव सम्पन्न गर्नका लागि गठित विभिन्न ४२ उप–समिति मध्ये शुक्रबार पोखरामा व्यवसायिक सम्पर्क सहयोग उपसमितिको बैठक सम्पन्न भयो । बैठक समितिका संयोजक लोकनाथ भण्डारीको अध्यक्षतामा भएको थियो ।  बैठकले महायज्ञमा ढिकुर पोखरीबाट पूर्खा वा आफै पोखरामा आई विभिन्न पेशा र व्यवसाय गरी बसेकाहरुलाई आफ्नो मातृभूमिको हिसावले त्यहाँ उपस्थित गराउन सहजीकरण गराउने र लब्ध प्रतिष्ठित व्यक्तिहरु लाई लैजाने र सम्मान गर्ने निर्णय गरेको छ । बैठकले वरिष्ठ सह–संयोजक हरिप्रसाद पौडेललाई चयन गरेको छ भने सह–संयोजकमा आश बहादुर गुरुङ, विनोद कुँवर, इन्द्रप्रसाद पौडेल, कृष्ण दाहाल, भेषराज पौडेल, कृष्णबहादुर कुँवर, मनपति अधिकारी, फणिन्द्र अधिकारी रहेका छन् । त्यस्तै उप–संयोजकहरुमा टंकराज अधिकारी, मुक्तिराम अधिकारी, उपेन्द्र अधिकारी, लोकनाथ भण्डारी, गणेशप्रसाद अधिकारी, कृष्णप्रसाद दाहाल, तारा अधिकारी, नारायणप्रसाद अधिकारी, रुद्रनाथ पौडेल, कृष्णबहादुर केसी, तारानाथ पौडेल, कृष्णप्रसाद दाहाल, रबिनाथ दाहाल, राजु दाहाल लगायत छन् भने उप–समिति सचिवमा गायत्री अधिकारी पराजुली रहेकी छन् । शिक्षालाई युग सापेक्ष र समूदायको चाहना अनुसार रुपान्तरण गर्ने क्रममा प्राविधिक शिक्षा सहित यसका फिडर स्कूलहरुको गुणस्तर अभिबृद्धि गरी सिंगो ढिकुरपोखरीलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्य रहेको महोत्सवका मूल आयोजक समितिका संयोजक पूण्यप्रसाद पौडेलले जानकारी दिए । महोत्सवबाट ६ करोड आर्थिक संकलन र ५० लाख खर्च अनुमान गरिएको मूल आयोजक समितिका महासचिव यादवराज अधिकारीले बताए । बैठकमा बोल्दै व्यवसायिक सम्पर्क सहयोग उपसमितिका वरिष्ठ सह–संयोजक हरिप्रसाद पौडेलले महोत्सव र विद्यालयका लागि आफूले सक्दो सहयोग सक्रिय पूर्वक गर्ने प्रतिवद्धता जनाए ।  महोत्सवबाट ६ करोड रुपैयाँ आर्थिक संकलन र ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। विद्यालयका शिक्षक, विद्यार्थी, पूव विद्यार्थी, अभिभावक, गाविसवासी, विभिन्न समिति तथा समूह संघ, संस्था साथै राजनीतिक, सामाजिक कार्यकर्ता तथा शिक्षाप्रेमीलाई उत्साहपूर्ण करिब एक लाख बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ।  महोत्सवमा पाँच हजार एक सय शान्तिकलश पूजन, सहस्र शालिग्राम पूजा, विराट धन धञ्याञ्चल महापर्व, तुलादान, चौरासी पूजा, व्रतवन्ध, शैक्षिक प्रदर्शनी, विभिन्न धार्मिक सम्प्रदायका धर्म गुरुको सहभागिता र राष्ट्रिय कलाकारहरु बाट सङ्गीतमय भजनकीर्तन हुनेछ।

Post a Comment

 
Top