0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिका वडा नं. ५ सिलिङगेमा रहेको शिवशक्ति आधारभूत विद्यालयलाई स्थानीय गौरव बाल क्लबले ४५ हजार सहयोग गरेको छ । क्लवले दैउसी भैलो खेलेर जम्मा गरेको रकम विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने गरि क्लवकी कोषाध्यक्ष सरु थापाले विद्यालयलाई एक कार्यक्रमका बीच प्रदान गरेकी हुन् । आप्mनै विद्यालयमा पढ्ने विद्यार्थीहरुले विद्यालयको प्रगति हितका लागि गरेको कामको उच्च प्रशंसा गर्दै विद्यालयका स्टाफ हरुको तर्फबाट पनि पाँच हजार रुपैयाँ सहयोय स्वरुप हस्तान्तरण गरेका छन् ।  उक्त रकम बालबालिकाको लागि मात्र खर्च गरिने प्रधानाध्यापक मनोहरी भण्डारीले जानकारी दिएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सिग्देलको अध्यक्षतामा भएको सो भेलाले अगामी शैक्षिक शत्र २०७४ देखि कक्षा ६ थप सञ्चालनमा ल्याउने भएको छ। कार्यक्रममा सल्लाहकार हरिप्रसाद अधिकारी, देवेन्द्र रानाभाट, शिक्षा विकास केन्द्र पोखराका पूर्व क्षेत्रीय शिक्षा निर्देशक नीलबहादुर केसी, टाइगर माउन्टेन प्रालिका प्रतिनिधि हरिबहादुर परियार, राखी रेडक्रस सभापति मुरारी शर्मा पौडेल तथा गौरव बाल क्लबकी अध्यक्ष रमा थापा मगर लगायतले आप्mनो भनाई राखेको कार्यक्रम शिक्षक कुलदीप ढुंगानाले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top