0
गोल्डेन न्यूज संवाददाता
आयोजक सहारा क्लव १५औं आहारारा गोल्डको सेमिफाईनलमा प्रवेश गरेको छ । सहारा २०७० को १२औं आहारारा गोल्डकपको उपाधि विजेता समेत हो । उक्त वर्ष मनाङ–मस्र्याङ्दी क्लवलाई पराजित गर्दै उपाधि चुमेको थियो । सहारा क्लव यसअघि ८ पटक सेमिफाइनल खेलिसकेको टीम पनि हो । सहारा २०६०, २०६१, २०६३, २०६४, २०६७, २०६८, २०६९ र २०७२ मा सेमिलफाइनलबाट पराजित भएको थियो । शनिबार बाक्लो दर्शकहरुको सहभागिता रहेको पहिलो क्वाटरफाईनल खेलमा गत बर्षकै ईतिहास दोहो¥याउँदै पहिलो क्वाटर फाईनमा सहाराले पाहुना टोली भारतको सिक्किम युनाईटेडलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समय र ३० मिनेटको अतिरिक्त समयमा पनि दुबैतर्फ गोलरहित खेल बराबरीमा पुगेपछि निर्णायकको लागि खेल टाईब्रेकरमा धकेलिएको हो। टाईब्रेकरमा सहाराका सुशन गुरुङ, शिव सुवेदी, रमेश मगर र उत्तम गुरुङले गोल गरेका हुन्। टाईब्रेकरमा सिक्किम युनाईटेडका सव्सिच्यूट खेलाडी सोनाम थुप्देनन र आशिस क्षत्रीले गोल गर्न नसकेपछि पाहुना टोलीलीले यस बर्ष पनि आयोजक सहारासंग पहिलो क्वाटरफाईनलमा पराजित हुनु परेको हो । थुप्देनले प्रहार गरेको पेनाल्टी सुट पोष्ट माथिबाट बाहिरिएको थियो भने क्षेत्रीले प्रहार गरेको पेनाल्टी सुट सहाराका गोलरक्षक सुजित गुरुङले उत्कृष्ट बचाउ गरेका हुन्। टाईब्रेकरमा युनाईटेडका संजय क्षेत्री र फुर्वा छिरिङ भुटियाले गोल गरे । खेलमा युनाईटेड सिक्किमका संजय क्षेत्री म्यान अफ दी म्याच घोषित भए । खेलको २८औं मिनेटमा यूनाईटेडका नादोङ भुटियाले पोष्टमा चार्ज गरेको बल क्रस वारमा लागेर रिवाउण्ड भएको थियो । त्यस्तै राम्रो गोल गर्ने अर्को अवसर युनाईटेडले खेलको ६१औं मिनेटमा गुमाएको थियो । सञ्जय क्षेत्रीले प्रहार गरेको फ्रिकिक बल नादोङ भुटियाले गरेको हेड सेकेण्ड वारमा लागेर रिवाउण्ड भएको थियो । 

त्यसैगरी अन्य गोल गर्ने अवसरहरु खेर जाँदा यसपाली पनि युनाईटेड आयोजक सहारासंग पराजित हुन पुग्यो । सहाराका विदेशी खेलाडी मार्टिसिले पाएका ४÷५ अवसर, खेर गएका थिए भने शिव सुवेदीको प्रहार पनि खेर गएका हुन् । सिक्किमका प्रशिक्षक अर्जुन राईले आफूहरुले पाएका केही बलहरु क्रसवारमा लागेर फर्किनु दुर्भाग्य भएको बताए । अतिरिक्त समयको अन्तिम अवस्थामा फ्रिकिकको अवसर दिनुपर्नेमा रेफ्रीले त्यो अवसर नदिएकोमा उनले गुनासो थियो। उनले भने–‘समय त सकिएको थियो तर बल फल हुँदासम्म हुसिल नबजेकोले रेफ्रीले पाएको फ्रिकिक सम्म हान्न दिनुपर्ने हो ।’सहाराका प्रशिक्षक किरण श्रेष्ठले विपक्षी टिम राम्रो भएकोले गर्दा पनि जित निकाल्न टाइब्रेकरमै कुुर्नुपरेको बताए । सेमिफाईनल खेलमा अझै खेलमा राम्रो तालमेल मिलायर खेल्ने जनाए । आफ्ना भरपर्दो खेलाडी मर्टिनले पाएका अवसरलाई सदुपयोग गर्न नसकेको समेत उनले जनाए । सहाराले उद्घाटन खेलमा ४–० ले सुदूरपश्चिमको स्पोर्टिङ क्लव लाई पराजित गर्दै क्वाटर फाईनलमा यात्रा बनाउँदा सिक्किम युनाईटेडले वाइ पाएर क्वाटर फाईनलमा यात्रा तय गरेको थिया। सहाराले पहिलो सेमिफाईनल खेलमा झापा–११ र त्रिभुवन आर्मी बीचको विजेता टीमसंग माघ १२ गते प्रतिस्पर्धा गर्ने भएको छ । आईतबार दोश्रो क्वाटरफाईनल खेलमा आहा राराको ४ पटकको उपाधि विजेता लक्ष्मी हुण्डाई मनाङ्–मस्र्याङदी क्लव विरुद्ध धरान फुटवल क्लव बीच खेल हुने भएको प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए ।  डिफेण्डिङ च्याम्पियन मनाङ सिधै वाई पाएर क्वाटरफाईनलमा यात्रा बनाउँदा धरानले सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै क्वाटरफाईनलमा यात्रा तय गरेको हो ।

Post a Comment

 
Top