0
राप्रपा कास्कीले पृथ्वीनारायण शाहको २९५ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । स्थानीय चिप्लेढुङ्गा बाट बाजागाजा एवं झाँकी सहित शुरु भएको ¥याली न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोक मा पुगी सभामा परिणत भएको थियो ।  सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि केन्द्रीय सदस्य एवं कार्य सम्पादन समिति सदस्य हेमजंग गुरुङ्गले विश्वको एकमात्र हिन्दु राष्ट्र विदेशीको चलखेलमा बेचेर हामीलाई विश्व हिन्दू राष्ट्र भनेर चिनिने नेपाल र नेपालीलाई अपमान गरेको बताए।  उनले नेपाल र नेपालीलाई विभाजन गरेर दाजुभाईमा लडाई मच्चाउने काम यो सरकारले गरेको बताउँदै हामी हिन्दु राष्ट्रको पक्षमा मात्र नभई देशको सिपाहीको रुपमा राप्रपा अडिग रहने बताए । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य तथा पार्टी नेता जेवि कुँवरले राप्रपा नेपाल र नेपालीको लागि राष्ट्रवादी शक्तिको एकमात्र पार्टी भएको बताए। कार्यक्रममा क्षेत्र नं. २ का अध्यक्ष गीता गुरुङ्ग, राष्ट्रिय अपाङ्गता संघका अध्यक्ष सूर्य बहादुर खत्री रानाभाट, क्षेत्र नं. १ का अध्यक्ष कृष्ण प्रसाद रेग्मी, शिव सेना कास्कीका अध्यक्ष विश्वनाथ लम्डारी, सचिव गणेश ढकाल, कृष्ण प्रसाद चापागाई, डा.दिलबहादुर क्षेत्री लगायतले पृथ्वी नारायण शाहले हामीलाई नेपाली भनेर शिर ठाडो पार्ने आमाको कर्तव्य गराई दिएकोमा उनको यस कार्यलाई सदैव सम्मान गर्नुपर्ने बताए । राप्रपा कास्की अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव गणेशबहादुर ढकालले गरेका थिए ।  ¥यालीमा राप्रपाका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ता एवं स्थानीय संघसंस्था लगायत पोखरेली जनसमुदायको उपस्थिति रहेको मिडिया नेपालका जिल्ला उपाध्यक्ष सुरेश सिल्पकारले जानकारी दिए । यसैगरी पोखराको माउण्ट एभरेष्ट बोर्डिङ स्कूल न्यूरोडले बुधबार पृथ्वी जयन्ती मनाएको छ। कार्यक्रममा विद्यालयका विद्यार्थी र शिक्षकको सहभागीता थियो। कार्यक्रममा विद्यार्थीहरुलाई वडामहाराजधिराज पृथ्वीनारायण शाहले मुलुकको लागि पु¥याएको योगदान बारे जानकारी दिइएको थियो।  कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य हरिमाया शर्माले राजा शाहले मुलुक एकीकरण गरी पु¥याएको योगदान भुल्न नहुने उल्लेख गरिन्। उनले पृथ्वीनारायण शाहका दिव्योपदेश अझै पनि सान्दर्भिक र उपयोगी भएको चर्चा गरिन्। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विमल पौडेलले गरेका थिए।



Post a Comment

 
Top