0
गोल्डेन न्यूज संवाददाता
रियल इभेन्ट म्यानेज्मेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजनामा पोखरामा भई रहेकोे तेश्रो संस्करणको “मिस गण्डकी सिजन ३” को सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । प्रतियोगीताका १८ जना प्रर्तिस्पर्धीले शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा नृत्य, गायन, हास्य प्रहशन, अभिनय र बौद्धिक कला जस्ता प्रस्तुतिहरु प्रर्दशन गरेका थिए ।  प्रतियोगिताको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रममा निर्णायकहरुमा नृत्य निर्देशक तथा पोखरा कला केन्द्रका संञ्चालक राहुल थापामगर, सञ्चारकर्मी एवं मिसेस तीज २०६८ रोजी श्रेण्ठ र सञ्चारकमी उत्तम पौडेल निर्णायकको रुपमा रहेका थिए । यहि पुसको १६ गते शनिबारको दिन पोखरा सभागृह हलमा विविध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रर्तिस्पर्धा हुँदैछ ।
आई.एफ.सी. फेशन कलेजका १८ जना ड्रेस डिजाइनरहरुको कलात्मक डिजाइनमा सजिएका प्रतियोगी मध्येबाट मिस गण्डकी सिजन ३ की उपाधि विजेताले क्राउन सहित एक लाख ८० हजार रुपैयाँ बराबरको स्कुटर र आर्कशक पुरस्कार पाउनेछिन त्यस्तै फस्ट रनर अपले पचास हजार रुपैयाँ बराबरको आर्कषक पुरस्कार र सेकेण्ड रनर अपले पच्चीस हजार रुपैयाँ बराबरको आकर्षक पुरस्कारको साथै अवार्ड, ट्रफी र प्रमाण पत्र आदी पाउनेछन् भने अन्य उप–विद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्था रियल इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक सुशिल पोखरेलले जानकारी गराए । मिस गण्डकी जस्ता ब्युटी प्याजेन्टका कारण कैयौं युवतिहरुमा रहेको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराई उनीहरुको ब्यत्तित्व तथा नेतृत्व विकासमा टेवा पुग्ने कुरामा आफू पूर्ण सहमत रहेको जानकारी गराउँदै कार्यक्रमका प्रमुख अतिथि एवं युवा ब्यबसायी इन्द्र कुँवरले आगामी सिजनमा पनि आफ्नो संस्थाको तर्फबाट स्कुटर प्रायोजनलाई निरन्तरता गर्ने घोषणा समेत गरे । कोरियोग्राफर सुरज थापाको कोरियोग्राफी तथा मोडल सेनाज गुरुङ, पुजन ज्योती थापा र सौरभ थापाको सह–कोरियोग्राफीमा हँुदै गरेको मिस गण्डकी कार्यक्रमलाई हेवेन म्याट्रेस, एसियन कन्टिनेन्टल ट्रेडिङ्ग ललितपुर, ग्लोबल मोटर्स प्रा.लि. पोखरा, फाडु ग्रुप काठमाडौं, जय बजरंङ्गबली डिष्ट्रिब्युशन प्रा.लि. युमे जापानिज ल्याङ्गव्येज, ट्रस्ट एजुकेशनल एकेडेमी, द कुटी रिसोर्ट, गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रा.लि., दि फूलबारी रिसोर्ट एण्ड स्पा, परिचय एड्भटाइजिङ्ग, आई.एफ.सी. फेशन कलेज, होटल रिदम प्यालेस, रत्न इम्पोरियम, एल.के. ईलेक्ट्रो सप्लायर्स, म्याट्रेस वल्र्ड, खुस्बु कलेक्शन, रोयल पोखरा रेस्ट्रो एण्ड लन्च बार, के एण्ड पी ट्रेडर्स, ईभा ट्रेडर्स, स्टेशन द फुड ब्लब गैह्रापाटन, पोखरा होम डेकोर, कम्पिलीट गार्डेन, मेलोडी क्याफे एण्ड लन्च बार, फेवा टेलिभिजन, एस.टु. प्रोडक्शन, ठिकठाक डटकम आदिले कार्यक्रम सम्पन्न पार्न सहयोग गरेकाछन् । कार्यक्रमको संञ्चालन सञ्चारकर्मी इनिशा दुरामगरले गरेकी थिईन् ।





Post a Comment

 
Top