0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सिटीले तनहुँको एक विद्यालयका बिद्यार्थीहरुलाई स्वीटर एवं खेलकूद सामाग्री प्रदान गरेको छ । तनहुँको अरुणोदय गाबिसको टक्रेभञ्ज्याङ स्थित श्री बालविकास निमाविमा उक्त सामाग्री प्रदान गरेको हो । पिस सिटीले दलित, बिपन्न तथा जेहेन्दार बिधार्थीलाई ५१ थान स्वीटर र फुटवल, भलिवल लगाएतका खेलकुद सामाग्री सुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो । क्लवका अध्यक्ष किशोरमोहन भट्टराई, क्लवका संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गाना, निवर्तमान अध्यक्ष टंकराज अधिकारी लगायतले विद्यालयका प्रधानाध्यापक रामजी सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापा र बिधालय बाल क्लबका अध्यक्ष सन्तुकला थापालाई उक्त सामाग्री प्रदान गरेका थिए । उक्त विद्यालयमा क्लवकै पहलमा पुस्तकालय समेत स्थापना भइ सकेको छ । उक्त अवसरमा बोल्दै क्लवका अध्यक्ष किशोरमोहन भट्टराईले ग्रामिण भेगको सामुदायिक विद्यालयमा आफूहरुले सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै दलित, बिपन्न तथा जेहेन्दार बिधार्थीलाई न्यानो कपडा स्वीटरका साथै बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई खेलकूद सामाग्री वितरणले विद्यार्थीमा रहेको खेलकूद प्रतिभाको थप प्रस्फुटन हुने विश्वास व्यक्त गरे । संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गाना र निवर्तमान अध्यक्ष टंकराज अधिकारीले क्लवको पहलमा पुस्तकालय स्थापना भइसकेकोे, न्यानो कपडा खेलकूद सामाग्री पनि लिएर आउन पाउँदा अति नै खुशी लागेको बताउदै सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापा, प्रधानाध्यापक रामजी सिग्देल, सहायक प्रअ मुक्तिनाथ सिग्देल र बिधालय बाल क्लबका अध्यक्ष सन्तुकला थापाले लायन्सले गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा क्लवका तृतीय उपाध्यक्ष हरिराम पराजुली, सचिव राम प्रसाद अधिकारी कोषाध्यक्ष अर्जुन सिग्देल लगायतले पनि क्लवको बारेमा आ–आफ्नो भनाइ राखेका थिए । २०४७ सालमा स्थापित विद्यालयमा हाल २५० जना विद्यार्थी अध्ययनरत छन् । ०७२ साल वैशाख १२ गतेको महा भूकम्पले उक्त विद्यालयको भवन क्षति ग्रस्त अवस्थामा रहेको हुँदा पुनःनिमार्णको लागि दाताहरुको पर्खाईमा रहेको छ ।



Post a Comment

 
Top