गोल्डेन न्यूज संवाददाता
पोखराको मणिपाल शिक्षण अस्पतालमा पुनः पठन– पाठन सुरु भएको छ। अस्पतालका शिक्षकहरु को तलव बृद्धि गर्ने र केहि दिन अघि प्रशासन समक्ष भएको सहमति कार्यान्वयन हुने गरी वार्ता सफल भएपछि ठप्प भएको अस्पतालको पठन–पाठन पुनः शुक्रबारदेखि संचालनमा आएको हो । विद्यार्थीहरुले विहीवार विहान ८ बजेदेखि वार्ता टोलीलाई कोठा भित्र राखेर बाहिरबाट चुक्कुल लगाई सहमति गरी पठन पाठनको वातावरण मिलाउन धर्ना दिए पछि विहीवार वेलुका अवेर वार्ता सफल भएको हो । सट्टा विदा, अस्थायी कर्मचारीलाई स्थायी नियुक्ति लगायतका मागका विषयमा त्रिभुवन विश्वविद्यालयमा गठित समिति, काठमाडौंले दिएको निर्देशनमा २ महिना भित्र मागहरु पुरा गराउने सहमति भएको वार्ता टोलीमा सहभागी एक अभिभावक जगन गुरुङले बताए। अभिभावक, शिक्षक र प्रशासनका गरी जनही ३÷३ जनाले माग पुरा गराउने विषयमा अनुगमन निरन्तर गरीरहने भएको समेत उनले जनाए । शिक्षक र प्रशासनको विषयलाई लियर करीव ३ महिना वन्द भएर पठन पाठन सुरु भएको केहि दिन वित्न नपाउँदै शिक्षकहरु आन्दोलित हुदै पठन–पाठन ठप्प पारे पछि विद्यार्थीहरुले धर्ना दिन दिदै वार्ता निष्कर्षमा पु¥याउन दवाद दिएका थिए । विहीवार विद्यार्थीहरुले अस्पतालको मुल गेटमा धर्ना दिदै कुनै सेवाग्राहीहरुलाई भित्र जान नदिए पछि सेवासमेत प्रभावित हुन पुगेको सेवाग्राहीहरुले गुनासो गरेका थिए । विद्यार्थीहरुले एक सूत्रीय माग आफूहरुको पठन पाठन हुनुपर्ने माग राख्दै आएका छन। विद्यार्थीहरुको ठूलो भीडले धर्ना दिदै चर्का नारा लगाय पछि केहि शिक्षकहरुले विद्यार्थीहरु माथि हातपात गरेका थिए । हातपातबाट भएको घटनालाई अस्पतालमा गुपचुप राखिएको छ । शिक्षकको कुटाईले केहि विद्यार्थीहरु सामान्य घाईते भएको बताएका विद्यार्थीहरुले कुन विद्यार्थी कुन कुन शिक्षकबाट कुटिए भन्ने विषयमा आफूहरुको अन्तिम परीक्षामा शिक्षकले अंक घटाउने डरले कोहि पनि यस विषयमा खुलेर भन्न चाहदैनन । यस विषयमा नत प्रहरी प्रशासन न त अस्पताल प्रशासनले नै वोल्न चाहन्छन । यस्ता घटना हुदै जादा अर्को कुनै दिनमा ठूलो रुप हुन सक्ने भएकोले दोषी उपर कार्वाही हुनु पर्ने एक थरी विद्यार्थीहरुको माग छ । मणिपाल मेडिकल कलेजको सातौं र नवौं समेस्टरका गरी ३ सय विद्यार्थीको पढाइ रोकिएको हो । भदौ ७ गतेदेखि शिक्षकहरुले आन्दोलन गरेका थिए । त्यसपछि ३ महिना उनीहरुको पढाइ भएन । अभिभावकको पहलमा मंसिर १ गते भएको छलफल पछि कलेज खुलेको थियो। करारमा रहेका चिकित्सकलाई स्थायी बनाउनुपर्ने, समय सापेक्ष तलब वृद्धि गर्नुपर्ने र सट्टा विदाको व्यवस्था गर्नुपर्ने शिक्षकहरुको माग थियो ।
Post a Comment