0
गोल्डेन न्यूज संवाददाता
राज्य पुनःसंरचनामा ढिकुरपोखरी गा.वि.स.लाई स्थानीय जनताको भावना, भौगोलिक अवस्थिति, सुगमतालाई ध्यानै नदिई गर्न खोजिएको स्थानीय तहको पुनःसंरचनामा व्यापक विरोध भएको छ । शुक्रबार नेपाली काँग्रेस ढिकुरपोखरी गाउँ इकाई उपाध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा बसेको भेलाले स्थानीय विकास अधिकारी समक्ष समेत ज्ञापनपत्र पेश गरेको छ । ज्ञापनपत्रमा भौगोलिक सुगमता, पूर्वाधार निर्माण र स्थानीय जनताको भावना अनुसार पोखरा उपमहानगरपालिकामा जोडिन आवश्यक बताइएको छ । जनताको भावना विपरित हुने जस्तोसुकै कदमको कडा विरोध र नेताहरुको खबरदारी गरिएको छ । भेलाले नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य भरतजंग कुँवर अध्यक्ष रहने गरी ११ सदस्यीय संघर्ष समितिले शुक्रबारैदेखि ढिकुरपोखरी गा.वि.स. पोखरा उप–महानगरपालिकामा समाहित हुनु र प्रस्ताव गरिएको अन्नपूर्ण गाउँपालिकाबाट अलग गराउन विभिन्न संघर्षका कार्यक्रमहरु अघि बढाउने संघर्ष समिति अध्यक्ष भरतजंग कुँवले बताए ।

Post a Comment

 
Top