0
लायन्स क्लव अफ पिस सिभिकले स्याङ्जा फापरथुम, ६ मा रहेको जनज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरेका छ । नर्सरी देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । सोही अवसरमा क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठले व्यक्तिगत रुपमा विद्यालयलाई एक थान कम्प्युटर सहयोग गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि जिएलटी को–अर्डिनेटर परमेश्वर बराल, क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक धर्म न्यौपाने, तथा विद्यालय व्यवस्थापन समितिका कृष्णप्रसाद ढकालले नर्सरीमा पढ्ने बालवालिकालाई स्वीटर वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिएलटी कोअर्डिनेटर परमेश्वर बरालले स्वतस्फूर्त रुपमा क्लवका सदस्यहरुवाट आफ्नो आम्दानीको केही रकम वचाएर सहयोग गर्ने कार्य स्रहानीय भएको धारणा राखेका थिए । जोन चियर पर्सन एमजेफ विनोद ढुङ्गानाले क्लवले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई आगामी दिनहरुमा पनि निरन्तरताको कामना गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद ढकालले लायन्स क्लवले सहयोग गर्छ भन्ने आफूले सुनेको मात्र थिँए भन्दै आज प्रत्यक्ष आफ्नो विद्यालयमा आएर सहयोग गर्दा आफू लगायत विद्यालय परिवार खुशी भएको धारणा राखेका छन् ।  क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले क्लवले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यहरु अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । क्लवका सचिव किरण ढकालले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक रेशम खड्काले गरेका थिए ।

Post a Comment

 
Top