0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ लेखनाथ गार्डेन सिटीले शनिवार बेगनासतालमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । क्लवले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै लेखनाथ नगरपालिकाको समेत जिम्मेवारी सम्हालेका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले पछिल्लो समयमा संघसंस्थाहरुमा सामाजिक उत्तरदायित्वको भावनाको विकास भएको बताए । रक्तदान कार्यक्रमका संयोजक दुर्गाप्रसाद अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गर्दै, कार्यकारी अधिकृत ढुंगानाले लायन्स क्लवले स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताए ।  उनले आँखा शिविर, स्वास्थ्य शिविरका अतिरिक्त विभिन्न अस्पतालहरुमा समेत लायन्स क्लवले सहयोग गर्र्दै, आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु सँग विभिन्न क्षेत्रमा नगरपालिकाले सहकार्य गर्दै आएको उल्लेख गर्दै, रक्तदान कार्यक्रमबाट जीवन र मृत्युसँग लडिरहेकाहरुलाई बचाउन सहयोग पुग्ने बताए ।  क्लवका अध्यक्ष भरतकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, जोन ४४ का चियरपर्सन प्रशान्तराज धमला, रक्तसंचार केन्द्र पोखराका धु्रव लामिछाने र कार्यक्रमका संयोजक दुर्गाप्रसाद अधिकारीले रक्तदानका विषयमा बोलेका थिए । कार्यक्रमको संचालन सचिव नवराज सापकोटाले गरेका थिए । कार्यक्रममा लेखनाथ तथा सो क्षेत्र आसपासका ४२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा क्लवको नयाँ सदस्य बन्नु भएका राम रानाभाट र पुरुषोत्तम अधिकारीलाई क्लवका अध्यक्ष अधिकारीले स्वागत गरेका थिए । क्लवले बृहत् स्वास्थ्य शिविर, आँखा शिविर, लेखनाथमा लायन्स पार्क निर्माण, लगायतका योजना अघि सारेको छ ।

Post a Comment

 
Top