0
 पोर्तुगिस कम्युनिस्ट पार्टीको निमन्त्रणामा पोर्तुगलको लिज्बनमा भएको अधिवेशनमा नेपालकोतर्फ बाट भाग लिन आएका नेकपा एमाले केन्द्रीय सदस्य एवं बेल्जियमका पूर्व राजदूत प्रमेस हमालले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेक पास नहुने बताएका छन्। यो विधेक राष्ट्रघाति र नेपाली जनताको चाहना विपरित भएको जिकिर गरे। प्रवासी नेपाली मञ्च पोर्तुगल को आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली जनताको चाहाना बमोजिम एमाले कुनै हालतमा राष्ट्र र राष्ट्रियताको सवालमा खुट्टा नकामाउने बताए ।  कार्यक्रममा प्रवासी नेपाली मन्च पोर्तुगलका अध्यक्ष गोभिन्द पौडेलले प्रवासी नेपाली मञ्च संचालनका लागि पार्टीको धारणा के छ र संचालनका लागि आचार संहिता तथा नीति नियम को आवश्यकता तथा पोर्तुगलमा नेपाली दूतावासका लागि नेपाल सरकारसंग पहल गर्न भूमिका खेल्नु पर्ने बिषयमा ध्यानाकर्षण गराएका थिए । त्यहाँ रहेका नेपालीहरुले देशको अहिलेके अवस्थाका बारेमा चिन्ता व्यक्त गरेका थिए। कार्यक्रमको स्वागत मञ्चका उपाध्यक्ष रोबर्ट लिम्बूले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव निराजन सुवेदीले गरेका थिए ।

Post a Comment

 
Top