0
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा कार्यान्वयन नै अहिलेको मुख्य दायित्व भएको बताएका छन् । पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पश्चिमाञ्चलस्तरीय खेलाडी छनोट प्रतियोगिताको पोखरा रङ्गशालामा उद्घाटन गर्दै उनले संविधान संशोधनतिर लाग्यौँ भने देशमा तनाव उत्पन्न हुने र विदेशी हस्तक्षेप बढ्ने विचार व्यक्त गरे । संविधान कार्यान्वयनमा सबै राजनीतिक दल एकताबद्ध हुन आह्वान गर्दै पूर्वप्रधानमन्त्री खनालले भने–“यसमा कसैले खुट्टा कमाउनु हुँदैन, संविधान घोषणा गर्न सक्ने तर कार्यान्वयन गर्न किन नसक्ने ?” नेता खनालले संविधान चाँडो कार्यान्वयन भयो भने देश आर्थिक समृद्धितर्पm अघि बढ्छ भन्दै उनले देश समुन्नत भयो भने खेलकुद क्षेत्रमा धेरै बजेट आउन सक्ने र यस क्षेत्रका पूर्वाधार निर्माणमा सघाउ पुग्ने बताए ।  नेपाल एउटा ऐतिहासिक घडिमा रहेकोले जारी संविधान कार्यान्वयन गरी देशको विकासमा जुट्नु पर्ने समय आएको उनले जनाए। उनले भने–‘अहिलेको अबस्थामा संविधान संशोधन पहिलो प्रथामिकता होईन, संविधान संशोधन नै गर्नु छ त जारी भएको संविधान कार्यान्वयन पछि पनि गर्र्न सकिन्छ, यसमा कांगे्रस र माओबादी केन्द्रले बुझ्नुपर्यो, अब कसैले यस बिषयमा खुट्टा कमाउनु पर्दैन, संविधान कार्यान्वयनको विकल्प पनि हामीले देखेका छैंनौं ।’

Post a Comment

 
Top