0
गोल्डेन न्यूज संवाददाता
जाडोका कपडा कि भाँडाकुँडा? हरियो तरकारी कि साबुन÷सर्फ ? बहुर्राष्ट्रिय कम्पनीका उत्पादन कि विशुद्ध प्राङ्गारिक सामानहरु ? विद्युतीय उत्पादन, फर्निचर, मोटर गाडी अनि सजावटका सामान ! जे खोज्यो त्यही पाइने । पोखराको नयाँबजारमा जारी  राष्ट्रिय औद्योगिक व्यापार मेलाको दृश्य हो यो । ‘खानेकुरा, मनोरञ्जन, नयाँ तथा पुराना उत्पादनहरुको प्रदर्शन र बिक्री नै मेलाका आकर्षणहरु हुन्’, आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै भने–‘नयाँ उत्पादनहरुका जानकारी लिने तथा उद्यमशिलता सिक्नेहरुका लागि पनि मेला सहयोगी भएको हामीले ठानेका छौँ ।’ महासचिव अधिकारीले भने जस्तै मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उद्यमीहरुका उत्पादनहरुले ठाउँ पाएका छन् । हस्तकला, कृषि, पुष्प, तयारी कपडादेखि जडिबुटीसम्मको मेलास्थलमा किनबेच भएको छ ।
 
 ‘मेलामा बिक्री र प्रवद्र्धन दुबै उदेश्यले स्टलहरु राखिएका छन्, ठूला कम्पनीहरुले आफ्नो सामानको प्रवद्र्धन गरेका छन् भने केही स्टलहरुमा सर्वसाधारणको दैनिक जीवनमा आवश्यक पर्ने सामानहरु बिक्रीमा राखिएका छन्’–संघका उद्योगतर्फका उपाध्यक्ष तथा स्टल व्यवस्थापन समितिका संयोजक गोकर्ण कार्कीले भने–‘सबै वर्ग र उमेर समूहका व्यक्तिहरुलाई लक्षित गरी यो व्यवस्था मिलाइएको हो । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले समेत मेलाको अवलोकन गरेका थिए। उद्योगी÷व्यवसायीको छाता संगठनका अध्यक्ष मुरारकालाई संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलास्थल अवलोकन गराएका थिए ।  जारी महोत्सवको शनिबारसम्म करिब २९ हजार जनाले अवलोकन गरेको र २ करोड ५० लाख रुपैयाँको हारहारीमा कारोवार भएको संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बहादुुर प्रजुले जानकारी दिए । मेलास्थलबाट मोटर गाडी तथा मोटरसाइकलका बुकिङ उत्साह जनक रहेकोले कारोबारको रकम पनि बढ्दै जाने उनको अपेक्षा रहेको छ । शनिबार मेलास्थलमा पिसिसिआई गायन ताराको नियमित क्वालिफाइड राउण्डसहित विद्यालयस्तरीय सामुहिक तथा एकल नृत्य प्रतियोगिता, दोहोरी गीततर्फ ज्योति मगर, शंकर विरही गुरुङ, हाँस्य कलाकारतर्फ जितु नेपाल मुन्द्रेका साथमा पपतर्फ  कालिप्रसाद बास्कोटा र रावण व्याण्डले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । शनिबार सम्पन्न विद्यालयस्तरीय एकल नृत्य प्रतियोगितामा कंचनजंघा बोर्डिङकी प्रकृति थापा मगर पहिलो, सरस्वती विद्याश्रमकी सजिना गुरुङ दोस्रो, कंचनजंगाकी सुमिना गुरुङ तेस्रो र हिमाञ्चल बोर्डिङकी अन्जिना बडगामी तथा पोखरा युनाइटेड स्कूलका  नमन थापाले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले क्रमशः ७,५,३ र १÷१ हजार प्राप्त गरे । आइतबार मेलामा पिसिसिआई गायन तारासहित, लोकदोहोरी गायिका निता पुन, पपतर्फ सन्तोष बस्याल सहितका कलाकारहरुको प्रस्तुति रहने संघका कोषाध्यक्ष तथा साँस्कृतिक उप–समिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए । आइतबार अन्तर्राष्ट्रिय स्तरका रेस्लरहरुको विशेष प्रस्तुति रहने उनले बताए । मेलामा पहिलो पटक आयोजना गरिएको रेस्लिङले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने उनको दावी छ ।  यसैगरी आइतबार नै पोखरामा रहेका विदेशी पर्यटकहरुलाई मेलास्थलको अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको छ । कार्यक्रम अन्तर्गत पोखराको पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्रमा रहेका पर्यटकहरुलाई मेला स्थलमा ल्याई यस क्षेत्रमा रहेका विभिन्न जाति÷जनजातिको साँस्कृतिक कार्यक्रम र मेलामा राखिएका स्टलहरुको अवलोकन गराइने संघका कार्यसमिति सदस्य तथा सो कार्यक्रम संयोजक गौबहादुर (ज्याक) तामाङ ले बताए । विदेशी पर्यटकहरुलाई नेपाली संस्कृतिबारे जानकारी गराउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रवद्र्धन गर्नु कार्यक्रमको उदेश्य भएको उनको भनाई छ । मेलाको दैनिक प्रवेश टिकटमा मंसिर २३ गते बिहीबार ६० रुपैयाँतर्फ टिकट नम्बर २५६ लाई र मंसिर २४ गते शुक्रबार ६० रुपैयाँ दरकै टिकट नम्बर १००० लाई सिजी मोवाइल सेट उपहार प्राप्त भएको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

स्टेजमै ज्योती मगरले कपडा फुकालेपछि...
 
मंसिरको महिना, शनिबारको दिन, बढदो जाडो । सेती नदीको चिसो सिरेठो । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्मा जारी औद्योगिक ब्यापार मेलामा जव स्टेशमा हट गायिक ज्योती मगर आइन एकाएक गर्मीको महसूस भयो । कालो वान पसिमाथि रातो जकेट लगाएर स्टेज देखिएकी ज्योती मगरले पोखरेली दर्शकलाई नचाइन । चोरी खान पल्केको यो ढाडे बिरालो गीत गाउदै दर्शकको वीचमा पुग्दा दर्शक क्यामरामा कैद गर्न ब्यस्त बने । ज्योतीको गीत सुन्न र हेर्न दर्शक साढे दुई बजेदेखि प्रतिक्षारत रहेका थिए तर साँझ ६ बजेमाटै उनी वान पिसमा स्टेशमा आएपछि दर्शकले हुटिङ गरेका थिए । आफना चर्चित गीत प्रस्तुत गरेकी ज्योलीले बीच–वीचमा पोखरेली सोल्टीहरुको माया लाग्ने बताउँदै दर्शकको माझमा पुगेपछि दर्शक उनीसंग तस्वीर खिच्न तछाड–मछाड गरेका थिए । उनको प्रस्तुति हेर्न हजारांै पोखरेली दर्शक साँझसम्म बसेका थिए। उनी गीत गाउँदा–गाउँदै स्वीटर नै फुकालेपछि भने दर्शकले हुटिङ गरेका थिए। गर्मी भएको भन्दै उनले स्वीटर र हिल चप्पल खोलेकी थिइन । स्टेजमा पटक–पटक हिलको कारण लडन लागेपछि आफू गाउँमा जन्मेको र अग्लो हिल लगाएर हिडन नआउने भन्दै फुकालेकी थिइन । मेलामा जितु नेपालको हास्य प्रहशनले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । उनले फेसबुकका कारण विकृति फैलिएको र बर्तमान राजनीतिक अवस्थाका बारेमा ब्यङग्य गरेका थिए । मेलामा शनिबार शंकर विरही गुरुङ, तुलसा जिसी लगायतका कलाकारको प्रस्तुति रहेको थियो ।



Post a Comment

 
Top