0
पोखरा–११, रानीपौवा स्थित सपयत्री वचत तथा ऋण सहकारी संस्थाले पोखरा हस्पिटल एण्ड रिसर्च सेण्टरको प्राविधिक सहयोगमा सिद्ध गाविस ९ स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिवसीय वृहत स्वास्थ्य शिविर तथा औषधि वितरण गरेको छ । आफ्नो रक्तपरीक्षण गराई कार्यक्रमको उद्घाटन गर्दै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य वद्रीनाथ अधिकारीले स्वास्थ्य शिविरको प्रशंशा गरे । शिविरमा पोखरा हस्पिटलवाट पेट, छाती र मुटुरोग विशेषज्ञ स्त्री तथा प्रसुति रोग विशेषज्ञ, प्रयोगशाला, इसिजी, भिडियो एक्सरे, लगायत स्वास्थ्य सेवा प्रदान तथा निःशुल्क औषधि वितरण गर्दैै ४ सय ७० जनाले ८ सय ३० वटा सेवा ग्रहण गरेका थिए । यसैबीच चितवन मेडिकल कलेज चितवनले पनि दाँत रोग सम्वन्धी औषधि उपचार र प्राविधिक सल्लाह सहितको सेवा प्रदान गरेको संस्थाले जनाएको छ ।  सयपत्री सहकारी संस्थाका अध्यक्ष विश्वराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष जयवहादुर गुरुङ, प्राडा गोपीप्रसाद हिराचन, जनता मावि पोल्याङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तवहादुर भूजेल, प्रधानाध्यापक विश्व रञ्जन सुवेदी, संस्थाका सचिव भीमप्रसाद न्यौपाने, सहसचिव वसन्तराज कोईराला, लगायतले वोलेका थिए । संस्थाका अध्यक्ष विश्वराज वास्तोलाले संस्थाले आर्थिक कारोवार मात्र नभई सामाजिक तथा मानवीय कार्यलाई गाउँ–गाउँसम्म विस्तार गर्ने लक्ष्य लिएको बताए ।

Post a Comment

 
Top