0
नेपाल प्यराग्लाईडिङ पाइलट्स क्लव पोखरा–६ लेकसाईडले स्वर्गीय राम नेपालीको परिवारलाई आर्थिक सहयोग गरेको छ। क्लवले सोमबार एक कार्यक्रमका बीच नेपालीका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो। क्लवका अध्यक्ष खुमबहादुर गुरुङले नेपालीकी श्रीमती माया नेपालीलाई उक्त रकम हस्तान्तरण गरेका थिए। पोखरा–२६ सराङकोट निवासी परियारको गत असोज २८ गते निधन भएको थियो। नेपाली क्लवका साधारण सदस्य हुन्। नेपालीका परिवारलाई केहि राहत होस् भनेर क्लवले आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष गुरुङले जानकारी दिए। ‘हाम्रो केहि सहयोगले परिवारलाई राहत पुग्छ कि भनेर यो सहयोग गरेका हौं’, उनले भने–‘यो रकमले उनका परिवारमा पीडामा मलम लगाउने काम गर्ने विश्वास लिएका छौं। क्लवको पहलमा क्लवमा आवद्ध सदस्य र क्लवको तर्फबाट यो रकम संकलन गरिएको क्लवका सचिव मित्र बाँस्तोला (हरि) ले जानकारी दिए। यो सहयोगले आफूलाई ठूलो राहत मिलेको नेपालीकी श्रीमती माया नेपालीले बताईन्। यो क्लवमा लाईसेन्स प्राप्त पाइलटहरु मात्रै आवद्ध रहेका छन्। पाईलहरुको हक अधिकारका वारेमा आवाज उठाउने उद्देश्यले २०७१÷ ०७२ मा जिल्ला खेलकुद विकास समिति कास्की र २०७३ भदौ ५ गते जिल्ला प्रशाशनमा विधिवत रुपमा दर्ता भएको हो।


Post a Comment

 
Top