0
गोल्डेन न्यूज संवाददाता
नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियार भोजपुरमा सम्मानित भएकी छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा परियारलाई मङ्गलबार सम्मान गरेको हो । दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ । रुपकोट–२ कास्कीमा जन्मिएकी परियार भोजपुर जिल्लाको ३२औं स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी समेत रहेकी छन् । उनले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसकेकी छिन् । कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा दलित समुदायका लागि स्पष्ट व्यवस्था गरिएको बताए ।

Post a Comment

 
Top