0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका वडा नं. १६ लामाचौरमा रहेको सेवा बचत तथा ऋण सहकारी संस्थाको छैटौं अविवेशन शनिबार सम्पन्न भयो । अधिवेशनले राजेश थापालाई अध्यक्षमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा ताराबहादुर गुरुङ, सचिवमा रामचन्द्र थापा, कोषाध्यक्षमा बलराम थापाका साथै सदस्यहरुमा बुद्धिबहादुर थापा, खगेन्द्र थापा, भोजबहादुर थापा, गीता केसी र मञ्जु थापा चयन भएका छन् ।  यसैगरी संस्थाको लेखा समितिको संयोजकमा हरिबहादुर थापा र सदस्यहरुमा कर्णबहादुर थापा र ऋषि थापा रहेका छन् । वि.सं.२०६६ सालमा स्थापित संस्थाको अधिवेशनको उद्घाटन सामुदायिक महिला विकास समितिका अध्यक्ष मिनु थापाले गरेकी थिइन । कार्यक्रममा संस्थालाई महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्व अध्यक्ष गोविन्द बहादुर थापार संस्थापक सचिव नारायण थापालाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top