0
पोखराको पुरानो टँुडिखेल मैदानमा जारी छैठौं एसओएस बगर भाइखलक भेट्रान फुटवल प्रतियोगितामा बिहीबार ६ खेल सम्पन्न भएका छन्। बिहीबार सम्पन्न पहिलो खेल बगर भाइखलक र बुटवल भेट्रान्स बीचको खेलमा बगर भाइखलकलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो। बुटवल भेट्रानका सन्देश श्रेष्ठको एक गोल नै निर्णायक गोल हुन पुग्यो भने खेलको म्यान अफ दी म्याच पनि सन्देश नै घोषित भए । दोश्रो खेलमा मनाङ मस्र्याङ्दी भेट्रानको अनुपस्थितिमा लायन्स क्लव अफ मुनाल पोखरा वाक ओभर बाट अघिल्लो चरण प्रवेश ग¥यो । तेश्रो खेलमा बुटवल एकेडेमिक भेट्रान्सले मौजा मोहोरियालाई ५–१ गोल अन्तरले पराजित ग¥यो । उक्त खेलमा बुटवलको अमर पुन मगर, सुमित क्षेत्री, बिनोद गौतम, शुकलाल तामाङ, किसान बहादुर थापाले गोल गरेका थिए भने मौजा मोहोरियाको तर्फबाट झलक थापाले सान्त्वना गोल फर्काएका थिए । उक्त खेलमा म्यान अफ दी म्याच बुटवलका शुकलाल तामाङ घोषित भए । चौथो खेलमा वीरगञ्ज युनाइटेड सिटीले एबीसीलाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा वीरगञ्ज युनाइटेडका उमेश थापाले निर्णायक गोल गर्न सफल भए भने वीरगञ्ज युनाइटेडका गोल रक्षक जितेश डंगोल म्यान अफ दी म्याच घोषित भए । पाचौं खेलमा नखीपोटको अनुपस्थितिमा रोटरी क्लव मकवानपुर हेटौंडा वाक ओभरबाट अघिल्लो चरण प्रवेश ग¥यो। बिहीबारको अन्तिम खेलमा क्लव मोसिस काठमाडांैले हेम्जा भेट्रानलाई ७–० लज्जास्पद गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो । खेलमा क्लव मोसिसका प्रदिप लामा दुई गोल, अर्जुन लामा एक गोल, रमेश लामा एक गोल र हरिहर थापा एक्लैले तीन गोल गरेका थिए । उक्त खेलमा म्यान अफ दी म्याच प्रतियोगितामै पहिलो ह्याट्रिक गर्न सफल हरिहर थापा भए । प्रतियोगिता अन्तर्गत शुक्रबार बगर भाइखलक ए र बुटवल सोसाइटी, दीप युनाइटेड र लायन्स क्लव अफ मुनाल, आदिवासी फुटवल क्लव र सी एम जी काठमाडांै (पूर्व राष्ट्रिय खेलाडीको टीम), फोर्टी फाउण्डेशन नेपाल (नायक धिरेन शाक्यको टीम) र बुटवल भेट्रान, सानो गौचरण नाइट किंग काठमाडांै र वीरगञ्ज एकेडेमी बीच हुने आयोजक बगर भाइखलकले जनाएको छ ।

Post a Comment

 
Top