0
 स्न् २००० बाट सुरु भएको पोखरा सडक महोत्सव १७ पटकसम्म सफलतापूर्वक सम्पन्न भइसकेको छ। सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूल नारा बोकेको यो महोत्सवले अफसिजन मानिने यो समयमा विदेश घुम्न जाने नेपालीलाई स्वदेशमै रमाउने वातावरण मात्र सिर्जना गरेन सयौ विदेसीहरुलाई समेत नेपाल भित्र्याउने मार्ग  देखायो। सुरुवाती क्रममा १ किलोमिटरमा १ दिन हुँदै ३.५ किलोमिटरमा ५ दिनसम्म संचालन हुँदै आएको यो महोत्सव आप्mनो नियमित क्यालेन्डर अनुसार यसपालि पनि पुष १३ देखि १७ गते सम्म पोखरा लेकसाइडमा संचालन हुँदैछ। दुई पटक लगातार अध्यक्षको सफल कार्यकाल पुरा गरेका एवं दुइ पटकनै महोत्सव संयोजकको भूमिका कुशलतापूर्वक निभाइसकेका गोपी भट्टराई १८आंै संस्करणको पोखरा सडक महोत्सवको संयोजक बनेका छन्। यसै सन्दर्भमा उनै भट्टराईसंग गरिएको कुराकानीको छोटो अंश हामीले यहाँ प्रस्तुत गरेका छौंः

दुई कार्यकाल अध्यक्ष बिताउनुभयो तेस्रो पटक संयोजक हँुदै हुनुहुन्छ, आप्mनो अनुभवले पनि यो पालिको सडक महोत्सव कस्तो बनाउने सोचमा हुनुहुन्छ ? यो पाली हामीले दर्शक तथा पर्यटकहरुले म महोत्सव मा आएको छु भन्ने आफै महशुस गरुन भन्ने हेतुले काम गरिरहेका छौ । महोत्सब स्थल वरपरको सजिसजावट, खानाका परिकारहरुको गुणस्तर वृद्धि, बढी भन्दा बढी सांस्कृतिक कार्यक्रमको प्रस्तुति, महोत्सवमा आएका पाहुनाहरुको सुविधाका लागि हेल्प डेस्क, डिजिटल प्रविधिमार्फत सूचना प्रवाह गर्ने जस्ता कुराहरुमा हामीले यो पटक बढी भन्दा बढी ध्यान दिंदै काम अघि बढाईरहेका छौं।
पोखरामा विभिन्न नामवाट मेला महोत्सव भइरहेका छन्। सडक महोत्सवमा नै दर्शक किन सहभागी हुने ?
पोखरामा मात्र हैन अहिले नेपालभरनै मेला महोत्सव फेसनको रुपमा चलिरहेको छ । महोत्सव आयोजना गर्नु मात्र ठूलो कुरा हैन, सबैभन्दा महत्वपूर्ण कुरा त्यसको उद्देश्य हो अनि त्यसले प्राप्त गर्ने सफलता अथवा नतिजा हो । हाम्रो महोत्सव पोखराको मात्र हैन नेपालकै छुट्टै विशेषता बोकेको महोत्सव हो । यहाँ आउने दर्शक अथवा पाहुनाहरु बिना टिकट साढे तीन किलोमिटर क्षेत्रफलमा स्वतःस्फुर्त रुपमा हिंडडुल गर्न, सांगीतिक–साँस्कृतिक कार्यक्रममा रमाउन र महोत्सवको अवलोकन गर्न पाउँछन । महोत्सव स्थल भरिको कुनै पनि क्षेत्रमा गएर उनीहरुले आफूलाई मन परेका र रुचि अनुसारका परिकार अर्डर गरेर खान सक्दछन । सांगीतिक माहोल संगै सडकमा खादै हिंड्नुको मज्जा बेग्लै हुन्छ । सडक महोत्सवले यतिमात्र नभई युवाहरुलाई आफ्नो कला कौशलता प्रस्तुत गर्ने प्लेट फर्म पनि दिईरहेको छ । देश बिदेशका ख्याती प्राप्त कलाकारहरु वाट सांगीतिक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने महोत्सव पनि यहि हो । हामी नेपालीको एक अर्काको चाडवाड रीतिरिवाजलाइ सम्मान गर्ने चलन छ । क्रिसमस नयाँवर्ष जस्ता चाडवाडमा एकआपसमा खुशी साटासाट गर्ने माध्यम पनि यो महोत्सव बनेको छ । यसकारण नै हामीलाई हाम्रा दर्शक तथा पाहुनाहरुले साथ दिईरहनु भएको छ ।
गत वर्ष भूकम्प र नाकावन्दीका वाबजुद पनि सडक महोत्सव सफल पार्नुभयो। यसपालि कस्तो अपेक्षा राख्नुभएको छ ?
हो,गत बर्ष त्यस्तो अवस्थामा पनि हामीलाई सारा नेपालीले साथ् दिनुभयो । हामीले सोचेभन्दा पनि बढी पर्यटक पायौं । राजनीतिक रुपमा केहि मतभेद भएतापनि यस पाली माहोल राम्रो छ । विदेशी भन्दा पनि नेपाली पर्यटकको साथ धेरै रहने संकेत हामीले पाइसकेका छौं । हामीलाई हाम्रो सचिवालय, फेसबुक आदिमा महोत्सवको बारेमा थुप्रै नेपालीले सम्पर्क गर्नुभएको छ । हामी एकदमै खुशी एवं उत्साहित भएका छौ । गत वर्ष भन्दा ३० देखि ४० प्रतिशतको हाराहारीमा दर्शक बढ्ने अनुमान हामीले गरेका छांै ।
यसपालि विगतका वर्षहरुमा भन्दा फरक ठाउँमा महोत्सव आयोजना गर्दै हुनुहुन्छ। कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हो, हामीले नगर विकास समितिको निर्णयलाइ स्वीकार गर्दै छेउकै कोमागाने पार्कमा महोत्सव आयोजन गर्दैछांै । विगतका वर्षमा भन्दा यो पाली स्टलको संख्या घटाई गुणस्तरीय सेवायुक्त र नेपाली मौलिकता झल्काउने खालका स्टलहरु मात्र समावेश गर्दैछौं । कोमागाने पार्कको संरचनामा खलल नपुग्ने गरी हामी ब्यबस्थापन गर्ने तयारी गर्दैछौं ।
महोत्सवको तयारी कहाँ पुगेको छ ?
लगभग हामीले तयारीका ८० प्रतिशत जस्तो काम पुरा गरिसकेका छौं । सजावटको कार्य तथा विभिन्न सांस्कृतिक टोलिहरुको सुनिश्चित गर्न मात्र बाँकी छ। हामीले महोत्सव सुरु हुने दिनले एक हप्ता अगावै सबै तयारी पुरा गर्छांै ।
महोत्सवमा हरेक पटक केही नयाँपन दिने गर्नुभएको छ। यसपालि के छ त्यस्तो ?
हामीले यसपटक सांस्कृतिक पाटो लाइनै बढी जोड दिईरहेका छांै । हामीले पाँचै विकास क्षेत्रका एउटा एउटा सांस्कृतिक टोली ल्याउने प्रयत्न गरिरहेका छौं । एउटा भारतीय सांस्कृतिक टोलि ल्याउने वारेमा पनि कुराकानी अगाडि बढाई रहेका छांै । यस अलावा चिन र दक्षिण कोरियाको सांस्कृतिक टोलि ल्याउने बिषयमा पनि कुरा अगाडि बढिसकेको छ । बिशेषगरी यो पटक महोत्सव स्थलमा क्रिसमसवाटै झकिझकाउ पारिनेछ ।
शान्ति सुरक्षाको बिषयलाइ कसरि हेरिरहनु भएको छ ?
महोत्सबको सबैभन्दा महत्वपूर्ण र जटिल बिषयनै शान्ति सुरक्षा हो । हाम्रो जोड भनेको यसमै रहन्छ जसमा स्थानीय प्रशासन तथा सुरक्षा निकायवाट अतुलनीय सहयोग भइरहेको छ । उहाँहरुले हामीलाई अतिरिक्त समय अहोरात्र खटिएर सहयोग गरिरहनुभएको छ, जसका कारण नै हामी ढुक्क हुन् सकेका छौं । रेवानसंग सम्बन्धित सुरक्षा गार्ड, लेकसाइडका बिभिन्न क्लब, हेल्थ क्याम्प आदिले पनि सुरक्षामा टेवा पु¥याउने छन् ।
महोत्सवको सफलता असफलतामा स्थानीय तवरमा हुने सहयोगले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कस्तो सहयोग पाइराख्नु भएको छ ?
वास्तवमा आयोजक रेवान भएता पनि सडक महोत्सबलाइ स्थानीय जनता, संघ–संस्था, व्यवसायी, प्रशासन, प्रायोजक, राजनीतिक दल, नगरपालिका, नगर विकास समिति तथा सम्पूर्ण पोखरेलीले आफ्नै महोत्सव ठानी सहयोग गर्दै आउनुभएको छ । उहाँहरुकै देनले नै हामी आज १८आंै संस्करणसम्म आइपुगेका छौं । सबैको साथ बिना हामी यहाँसम्म आउन समस्या हुने थियो ।
महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा कस्तो भूमिका खेल्छ ? 
वास्तवमा यो महोत्सवले समग्र पोखराको आर्थिक विकासमा टेवा पु¥याईरहेको छ । महोत्सवका वेला यहाँका हरेक ब्यवसायहरु चलायमान हुने गर्दछन । पर्यटनसंग सम्बन्धित प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्ल्यायर, अल्ट्रालाइट जस्ता साहशिक खेलको पवद्र्धन, होटल, होम–स्टे, टुर्स ट्राभल्स आदि सबै महोत्सवको बेला उचाइमा पुग्ने गर्दछन । कुनै वेला अफसिजन मानिने यो समय महोत्सवकै कारण उचाइमा पुगेको छ । माछा, मासु, फलफूल लगायतका कृषि जन्य उत्पादनको खपत अत्यधिक मात्रमा हुन्छ । किराना पसलबाट खाद्य सामग्री त्यत्तिकै खपत हुन्छ । यातायातका साधन, लत्ता कपडा आदिमा पनि कारोवार राम्रै हुन्छ । यसकारण पनि यो महोत्सवले पोखराको पर्यटन प्रबद्र्धन र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।






Post a Comment

 
Top