0
गोल्डेन न्यूज संवाददाता
रेवान पोखराको आयोजनामा शुरु भएको १८औं पोखरा सडक महोत्सव हेर्न बिहीबार कोमागाने पार्क पुगेका दोहोरीका पारखीहरु दिनभर घाम ताप्दै सुन्तला र बदामको स्वादसंगै लोकदोहोरीमा रमे । राजु परियारको पुतली उड्यो, दरौंसिरुबारी लगायतका गीतहरुमा दशर्कले मज्जा लिए भने अन्य कलाकारहरु नविन पौडेल, प्रीति आले, जीवन दाहाल, शंकर विरही गुरुङ्ग, दुर्गा सापकोटा, शिवहरि ढुङ्गाना, टेक क्षेत्री लगायतका कलाकारहरुको प्रदर्शनीमा कम्मर मर्काएर नाचे ।  बिहीबार हाँस्य कलाकार पोखरेली माग्ने बुढा र धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीले दर्शकहरुलाई पेट मिचि मिच हँसाएका थिए भने बिहीबारनै लोक नृत्य प्रतियोगिता तथा रत्यौली प्रतियोगिता भए । बिहिबार राति रबिन एण्ड द न्यू रिभोलुसनको पप्मा युवाहरु उफ्रिएका थिए । महोत्सवमा बिहीबार खेलकुदतर्फ बोट रेसमा बाराही घाट ‘ए’ प्रथम, बाराहीघाट ‘बि’ द्वितीय, स्वीमिङ्गपुल ए तृतीय भए । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । प्रतियागितामा प्रथमलाई नगद १० हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई नगद ४ हजार रुपैयाँ प्रदान गरिएको थियो। महिलातर्फको वेटर रेसमा माइक रेष्टुरेण्टका जोसना गमल प्रथम, ल्याण्डमार्कका गीता तामाङ्ग द्वितीय तथा माया पबका बबिता परियार तृतीय भइन् । पुरुषतर्पm प्याराडाइड रेष्टुरेण्टका रामलाल परियार प्रथम, क्विन फरेष्ट रेष्ट्रो एण्ड बारका सुरज रानाभाट द्वितीय तथा क्विन फरेष्ट रेष्ट्रो एण्ड बारकै नरेन्द्र भूमी तृतीय भए । उनीहरुले क्रमश नगद ५, ३ र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसअघि सम्पन्न स्टाफ रेसमा बेला नपोलीका अनिल थापा प्रथम, नेप्टालियाका गणेश थापा द्वितीय तथा लेक भ्यालीका करण गुरुङ्ग तृतीय भए । उनीहरुले क्रमश ४,३ र २ नगद पुरस्कार प्राप्त गरे । महिलातर्फ १ मात्रै राइस बोलका रोमा थापा सान्त्वना पुरस्कार पाइन । शुक्रबार बिलि बण्टर अगाडि रस्साकसि हुने खेलकुद संयोजक हरि भुजेलले जानकारी दिए । महोत्सव अन्तर्गत शुक्रबार लोकदोहोरीतर्फ रामजी खाँड, कृष्ण देवकोटा, तारापति सुवेदी, जीवन दाहाल, सरला पाण्डे, शंकर विरही गुरुङ्ग, शिवहरि ढुङ्गाना, प्रेमराज अधिकारी र लक्ष्मी नेपाली रहेका छन् । त्यसैगरि रत्यौली प्रतियोगिता जारी रहने छ भने खासखुसि युनिट दर्शक हसाउने आउनेछन् । लाइभ व्याण्डबा सबिन राई काठमाडौको हटपच तथा स्थानीय व्याण्डहरुको प्रदर्शनी रहने लाईव व्याण्ड संयोजक बैभव पौडेलले जानकारी दिए ।




Post a Comment

 
Top