0
पोखराको लेकसाइडमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसरमा विशेष सांगीतिक साँझको आयोजना गरेको छ । क्रिसमसको अवसरमा डिसेम्बर २४ अर्थात् पुस ९ गते क्रिसमस इभ पार्टी आयोजना गरेको प्याराडिसो स्पोटर््स बार एण्ड ग्रिलका म्यानेजर हरि पौडेलले जानकारी दिए । क्रिसमस इभ विशेष पार्टीमा डिजे आशिष, मिसिरियस (राज कुमार) र सधंै जस्तै बारका कलाकारको विशेष प्रस्तुति रहने उनले जानकारी दिए । पार्टी साझँ ५ देखि सुरु हुने पार्टीमा राती सम्म चल्लने छ । त्यस्तै अंग्रेजी नयाँ बर्षको अबसरमा डिसेम्बर ३१ गते साँझ पनि विशेष कार्यक्रमको आयोजना गरेको उनले बताए । सो साँझमा डिजे आशिष, मिसिरियस (राज कुमार) का साथमा आवाज व्याड, सुजि शाह, प्रमोद जस्वाल लगायतको प्रस्तुति रहने उनले बताए । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारिक वातावरण चाहानेलाई लक्षित गरि बार केही महिना पहिले संचालनमा आएको हो । छोटो समयमा नै ग्राहकाको मन जित्न सफल भएको भन्दै पौडेलले साङगितिक साझँमा आउनेका लागि विशेष छुटको समेत व्यवस्था भएको बताए । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगायतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ। उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।





Post a Comment

 
Top