0
गोल्डेन न्यूज संवाददाता
पोखराको अपर सेतीमा आयोजित १५आंै हिमालयन ह्वाइट वाटर च्यालेन्जको उपाधि पोखराका नीम मगर र चितवनका सुरज तामाङले हात पारेका छन् । गत सोमबारदेखि बुधबारसम्म सेती नदीमा आयोजना गरिएको कायकिङ प्रतियोगितामा मगर र तामाङले निर्धारित दुरी एकै समयमा पार गरी उपाधि बाँडेका हुन् । बुधवार आयोजित स्ट्रिम स्ललम अन्तर्गत फाइनल खेलमा झण्डै ९ सय मिटरको दुरी उनीहरुले १ सय ३४ सेकेण्डमा पार गरेका थिए । उपाधिका साथमा उनीहरुले नगद ५० हजार र प्रमाणपत्र हात पारे । प्रतियोगितामा अमेरिकाका गारेन स्टेफेन र नेपालका प्रकाश गुरुङले निर्धारित दुरी १ सय ३५ सेकेण्डमा पार गर्दै उपबिजेता भए । उपबिजेताहरुले जनही १५ हजार नगद र प्रमाणपत्र हात प्राप्त गरे । तेश्रो स्थान प्राप्त गरेका नेपालका उमेश श्रेष्ठलाई नगद २० हजार र प्रमाण पत्र प्रदान गरियो । त्यस्तै महिला तर्फको उपाधि बेलायतकी बेथ मोर्गानले हात पार्न सफल भइन । उपाधि सहित मोर्गानले नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारिन । आयरल्याण्डकी सुशन डोयलीले उपबिजेता भई नगद २० हजार नगद, मेडर र प्रमाणपत्र हात पार्न सफल भइन भने नर्वेकी नीकोली पोर्थीमले तेश्रो स्थान हात पार्दै १५ हजार नगद, मेडल र प्रमाणपत्र हात पार्न सफल भइन । यसअघि सम्पन्न पहिलो चरणको डाउन रिभर रेसको समेत उपाधि पोखराका नीम मगरले हात पारेका थिए । मगरले उक्त उपाधिमा नगद ५० हजार, मेडल र प्रमाण पत्र हात पारेका छन् । उक्त रेशमा चितवनका राजेन्द्र गुरुङ र दिपेश गुरुङले दोश्रो र तेश्रो स्थान हासिल गर्दै राजेन्द्रले ३० हजार नगद र दिपेशले २० हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारेका थिए । मंगलबार सम्पन्न बोर्डर क्रस हेड टु हेड पुरुष तर्फ अमेरिकाका गारेन स्टेफेन प्रथम स्थान संगै नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पारे । सो खेलमा बेलायतका नोएह फिलिप्स र नेपालका दिपेश गुरुङ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरी फिलिप्सले नगद ३० हजार र गुरुङले २० हजार नगद सहित प्रमाणपत्र हात पार्न सफ भए । महिला तर्फ सोमबार सम्पन्न डाउन रिभर रेसकोे उपाधि बिजेता सुशान डोयलीले नगद २५ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारिन भने दोश्रो र तेश्रो स्थान हासिल गर्ने बेलायतकी वेथ मोर्गान र अमेरीकाकी किरा पाउफासले नगद २० र १५ हजार सहित मेडल र प्रमाणपत्र हात पारिन । मंगलबार सम्पन्न बोर्डर क्रस हेड टु हेडमा प्रथम स्थान हासिल गर्ने बेलायतकी बेथ मोर्गानले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भइन । बोर्डर क्रसमा दोश्रो स्थान हासिल गर्ने अमेरिकाका किरा पाउलसले २० हजार नगद सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भइन भने आयरल्याण्डकी सुशन डोयलीले नगद १५ हजार मेडल र प्रमाण पत्र हात पार्न सफल भइन । १६ देशका ९२ जना खेलाडीहरुले सहभागीता जनाएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट एकमात्र महिला खेलाडी गोमा सुनुवारलाई नगद, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश्वर दाहालले पुरस्कार प्रदान गरेका थिए ।

Post a Comment

 
Top