0
गोल्डेन न्यूज संवाददाता
अंग्रेजी नयाँ बर्षको अवसरमा रेष्टुरेन्ट एण्ड वार एशोसिएशन रेवान पोखराद्वारा आयोजित १८औं पोखरा सडक महोत्सव बुधबारदेखि सुरु भएको छ । ‘सडकमै खाऔं, सडकमै नाँचौ, सडकमै रमाआंै भन्ने नाराका साथ आयोजित पाँच दिने महोत्सवको नेपाल सरकारका शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले उद्घाटन गरेका हुन् ।  उक्त अवसरमा बोल्दै मन्त्री केसीले विदेशी र स्वदेशी पर्यटकहरुलाई लक्षित गरी आयोजना भएको यस्तो महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने–‘पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न यस्ता महोत्सव आवश्यक हुन्छ, यसमा सडकमै खाऔं, सडकमै नाँचौं र सडकमै रमाऔं, भन्ने मूल नारा रहेकोले यसले गर्दा झन पर्यटकहरुलाई महोत्सवमा आकषर्ण गरेको छ ।’ मन्त्री केसीले अबको ६ महिना अर्थात आउँदो जुलाई  (२०१७) भित्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुने बताए । मित्र राष्ट्र चीनको एक्जिम बैंकसंग पोखराको विमानस्थल निमार्ण गर्ने विषयमा नेपालको ऋण सम्झौता बारे छलफल भइरहेको बताएका मन्त्री केसीले आगामी जुलाई भित्र विमानस्थलको काम सुरु हुने दाबी गरे । उनले भने– ‘विमानस्थल निर्माण गर्ने बिषयमा बिस्तृत खाका तयार गर्न समय लागेको हो, आउँदो जुलाई १७ भित्रै काम सुरु हुन्छ, लेखेर राख्नुहोस ।’ प्रकिृया पुरा नभई विमानस्थलको शिलन्यास भएकोमा हतार भएको बताउँदै उनले यस्ता प्रक्रियामा हतार गर्ने गरेको टिप्पणी गरे । पोखरामा अन्तर्राष्ट्रिय सभाहल निर्माण पनि आफ्नो पालामा गर्ने योजना भएको भन्दै उनले स्थानीय स्तरबाट पनि यस्ता अभियानमा साथ र सहयोग आवश्यक भएको बताए।
महोत्सव संयोजक गोपी बहादुर भट्टराईले वसुन्धरापार्क जुन उद्देश्यले शिलान्यास भएको छ, त्यही रुपमा छिटो भन्दा छिटो पार्कको रुपमा विकासित हुनुपर्नेमा जोड दिंदै पोखरा क्षेत्रका सार्वजनिक जग्गाको संरक्षणमा सबै लाग्नुपर्ने बताए । सडक महोत्सव पोखराको ब्राण्ड भएकोले हरेक बर्ष आन्तरिक तथा बाह्य पर्यटकहरुलाई व्यवस्थापन गर्न कठिन भएकोले यसमा सवैले सयहोग गर्न उनले आग्रह गरे ।  रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सांसदद्वय यज्ञबहादुर थापा र शारदा पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्सन प्रजु, पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापा, रेवान पोखराका महासचिव विश्वराज पौडेलले पोखरा क्षेत्रमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । रेवान पोखरामा आवद्ध भएका ९९ वटा रेष्टुरेण्ट व्यवसायीहरुले विभिन्न देशको खानाका परिकारहरु सडक छेउमा पाहुनाहरुका लागि तयार पारेकोे रेवान पोखराका अध्यक्ष गुरुङले बताए । यस बर्ष कोमागाने पार्कमा महोत्सवको उद्घाटन सहितको विविध सांस्कृतिक कार्यक्रम संचालन हुँदैछ । यस अघिका बर्ष वसुन्धरा पार्कमा हुने गरेको कार्यक्रम पहिलो पटक कोमागानेपार्कमा भएको हो ।  महोत्सवमा भारत, जापान, रसिया लगायतका देशको सांस्कृतिक कार्यक्रम प्रदर्शनी भएको सांस्कृतिक संयोजक समेत रहेका अध्यक्ष गुरुङले बताए। नेपाली मौलिक खाना, कला, संस्कृति लगायतका कार्यक्रमहरु महोत्सवमा उपलब्ध हुने भएको भट्टराईले बताए । रातिको समयमा पनि अवेरसम्म माईक्रो वस सेवा संचालन हुने भएकोले पोखरा क्षेत्रका स्थानीयलाई माईक्रोवस प्रयोग गर्न महासचिव विश्वराज पौडेलले बताए । पोखरा वस व्यवसायी समितिले यात्रुको चाप र माग अनुसार पोखराका धेरै क्षेत्रमा राति ११ बजेसम्म र अग्रेंजी नयाँ बर्षको दिनमा भने राति एक बजेसम्म सेवा दिने भएको समितिका सचिव अमृत तिमिल्सिनाले बताए । उनले भने–‘हामीले सडक महोत्सवलाई सफल पार्न आवश्यक पर्ने वस सेवा संचालन गर्न तयार छौं, यात्रुको माग र चापलाई हामीले मध्यनजर गरी दिउसोकै मूल्यमा भाडा दर कायम हुने छ ।’ सडक महोत्सवमा भएको झाँकी प्रतियोगितामा क्षेत्री महिला समूह प्रथम, डुंगा व्यवसायी समित दोश्रो, चितवनको थारु स्टिक डान्स तेश्रो भयो भने चाईनिज ओभरसिज र अन्नपूर्ण आमा समूह सान्त्वना हुन सफल भयो । विजेतालाई २५ हजार, उपविजेतालाई २० हजार तेश्रो हुनेलाई १५ हजार र शान्त्वना भएकालाई जनही १०÷१० हजार पुरस्कार प्रदान गरिएको सांस्कृतिक संयोजक समेत रहेका चौबहादुर गुरुङले बताए । झाँकीमा ३६ समूहको संस्थागत सहभागिता रहेको गुरुङले बताए । यसैबीच पोखरा लेकसाइडमा रहेको माउण्ट कैलाश रिर्सोटले करिब दुई महिनाको अवधिमा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा महोत्सवको अवसरमा सम्मान गरिएको छ ।
विमानस्थल निर्माणले तीव्रता पाउने
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीब्रता दिने भएको छ । प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरी विमानस्थल निर्माण कार्यलाई अघि बढाउन पूर्वाधार विकासको कामलाई सुरु गरिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले विमानस्थल निर्माणका लागि १ सय ७ रोपणी जग्गा खरिद प्रक्रिया सुरु गरेको बताए । उनले भने–‘पोखरा विमानस्थल निर्माणका लागि आवश्यक पर्ने १ सय ७ रोपनी जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ ।’ साथै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अघिग्रहणको काम पनि अघि बढाएको जानकारी दिएका छन् । प्राधिकरणले निजगढ विमानस्थल निर्माणका लागि त्यस वरपरको जग्गा अधिग्रहणको कामलाई पनि प्राथमिकतामा राखेको छ ।






Post a Comment

 
Top