0
गोल्डेन न्यूज संवाददाता
कैलाली जिल्लाको अत्तरिया न.पा. वडा नं. ७ स्थित गोदावरीमा करिब १ सय २० गाईको निर्ममतापूर्वक विष सेवन गराई हत्या गरेको विरोधमा कास्की जिल्ला स्थित विभिन्न सामाजिक एवं धार्मिक संघ–संस्थाहरूले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्रमा हस्ताक्षर गर्ने संस्थाहरूमा राष्ट्रिय धर्मसभा नेपाल कास्की, हिन्दु जागरण नेपाल कास्की, राष्ट्र आवाज परिवार पोखरा, शिवसेना नेपाल कास्की, विश्व हिन्दू महासंघ कास्की, सुशासन शिवशक्ति धार्मिक समाज नेपाल, परोपकार महासंघ नेपाल, कृष्ण प्रणामी धर्म सेवा समिति, गोपालधाम परिवार, गोरक्षनाथ पीठ, निखिलेश्वर सिद्धाश्रम, सनातन धर्म सेवा समिति, ब्राम्हण समाज कास्की, नेपाल ज्योतिष पत्रकार संघ नेपाल, कृष्ण प्रणामी युवा परिषद नेपाल, कृष्ण प्रणामी महिला समिति नेपाल कास्की लगायत रहेका छन् । नेपालको संविधान २०७२ ले पनि गाईलाई राष्ट्रिय जनावरको रूपमा स्थापित गरेको र सनातन वैदिक धर्म अनुसार लक्ष्मीको प्रतिक मानी पूजा अर्चना गरिंदै आएकी गौमातालाई आततायी समूहले विभत्स रूपमा हत्या गरी राष्ट्रिय गौरवको नै खिल्ली उडाउने निन्दनीय कार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त घट्नाको यथाशीघ्र सत्य तथ्य पत्ता लगाई हत्या र हत्याराका बिषयमा नेपाली जनता समक्ष छर्लङ्ग हुने गरी प्रकाश पारियोस् र हत्यारालाई हदैसम्मको कार्वाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं विज्ञप्तिमा भनिएको छ ।



Post a Comment

 
Top