0
गोल्डेन न्यूज संवाददाता
स्याङजाको पर्यटकीय गाविस स्वरेकमा एम्बुलेन्स संचालन गर्न चलाइएको अभियानको एक कार्यक्रममा बोल्ने बक्ताहरुले सफलताको कामना गरेका छन् । स्वरेकमा स्थापना भएको  नमुना स्वरेक सहयोगी समाजको प्रथम साधारण सभामा बोल्ने अधिकांश बक्ताहरुले ग्रामीण क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्न शुरु गरिएको अभियानले नजिकका गाविसहरुमा पनि राम्रो सन्देश गएको बताएका छन् । साधारण सभाको उद्घाटन गर्दे स्याङ्जाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीले स्वरेकीहरु उत्साह र सहकार्यले एम्बुलेन्स अभियान पूर्ण सफल हुने भन्दै आफ्नोतर्फ सहयोग गर्न तयार रहेको बताए । उनले स्वरेकमा सञ्चालन हुने एम्बुलेन्स नमुना तरिकाले सञ्चालन हुने र अन्य ठाउँमा संचालनमा आउन नसकेका एम्बुलेन्सको लागि पनि ठूलो पाठ हुने बताए । स्वरेक गाविसका निर्बतमान अध्यक्ष छायाराम खनालले स्वरेक एम्बुलेन्स संचालन अभियान शुरु गर्ने अभियन्ताहरु लाई बधाई ज्ञापन गर्दै अब एक घर कम्तिमा नमूना स्वरेक सहयोगी समाजको आजीवन सदस्य अनिवार्य बन्ने प्रस्ताव गरे । उनले इच्छाशक्ति भए एम्बुलेन्स सञ्चालन चुनौती नभएको बताए । एनआरएन कतारका कोषाध्क्ष भेषराज पराजुलीले कतारमा रहेका स्वरेकीहरुले नमुना स्वरेक सामाजिक कोषको पहलमा शुरु भएको अभियान अहिले सवैको साझा अभियान भएकोमा खुशी ब्यक्त गर्दे सक्दो सहयोग गर्न आग्रह गरे । नेपाली कांग्रेसका स्वरेक गाविस सभापति टिकाराम पराजुलीले सवैको सहकार्य आवश्यक रहेकोमा बताए। नेकपा एमालेका स्वरेक गाविस अध्यक्ष कमल पंगेनी एम्बुलेन्स संचालन चुनौती रहेको भन्दै चुनौतीको समाधानका लागि सहकार्य गर्दे अगाडि बढ्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ स्याङ्जाका कोषाध्यक्ष एवं प्रेस सेन्टर स्याङ्जा अध्यक्ष अर्जुन काफ्लेले स्वरेकमा सञ्चालन भएको अभियान सुन्दर अभियान भएको भन्दै प्रशंसा गर्दै  स्वरेक पर्यटकीय क्षेत्र पनि भएकोले स्वरेकमा एम्बुलेन्स संचालन गर्न जरुरी भएको बताए । कार्यक्रममा नेपाल तरुण दल स्वरेकका नगेन्द्र पराजुली, भैरव कालिका आमा समूहका अध्यक्ष शशी सेन लगायतले बोलका थिए ।  समाजका अध्यक्ष घनश्याम पाण्डेयले अभियान अन्तिम अन्तिम चरणमा पुगेको भन्दै अभियानमा खुलेर सहयोग गर्न आग्रह गरे । उनले आफूहरुले कुनै नयाँ काम नभई मात्रै नयाँ तरिकाले एम्बुलेन्स् संचालन गर्ने सोच बनाएको बताए । अहिलेसम्म झण्डै १६ लाख घोषणा र ६ लाख रकम संकलन भएको पाण्डेयले बताए । कार्यक्रममा समाज सेवी यमलाल शर्मा पंगेनीले सस्थाको उद्देश्य बारे प्रकाश पारेका थिए । संस्थाका सचिव इन्द्रप्रसाद पराजुली नवराजले सञ्चालन एवं सस्थाको प्रतिबेदन प्रस्तुत गरेका थिए ।





Post a Comment

 
Top