0
संविधान संशोधन विधेयकमा राखिएको प्रावधानको विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभर विरोध प्रदर्शन जारी राखेको छ। उसका युवा र विद्यार्थी संगठनले राजधानी सहित देशभर विरोध प्रदर्शन तीब्र पारेका छन् । पोखरामा शुक्रबार दिउँसो नेकपा एमाले कास्कीले विरोध ¥याली आयोजना ग¥यो । पोखरा सभागृहबाट कालो ब्यानर तथा नाराबाजी सहित निस्किएको जुलुस न्युरोड, चिप्लेढुंगा हुँदै महेन्द्रपुलमा विरोध सभा गरी टुंगिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले मुलुकलाई सिक्किमीकरण गर्ने उद्देश्यका साथ पहिलो कदम चालिएको आरोप लगाए । ‘प्रदेशको सीमांकनको विषय त्यहाँको जनताले निर्णय गर्ने कुरा हो । जनता नै सडकमा उत्रिएको अवस्था छ । यो सबै कसको लागि ?’ उनले प्रश्न गरे–‘भारतीय डिजाईन अनुसार चालिएको कदम हो । देशलाई सिक्किमीकरण हुन दिँदैनौं ।’ असन्तुष्टहरुको जायज मागका लागि संविधान संशोधन गर्न एमाले तयार रहेको भन्दै उनले अहिले दर्ता गरिएको विधेयकमा रहेका विषय मुलुक टुक्राउने रणनीति भएको बताए । उनले काँग्रेस र माओवादी गठबन्धनले एकपछि अर्को गरी जनता र राष्ट्रहित विपरित निर्णय गर्न सक्ने भएकाले सबै नागरिकको खबरदारी आवश्यक भएको बताए। राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शंकर बरालले प्रदेशको नाममा विस्तारै देश टुक्राएर भारतलाई बुझाउने रणनीति अनुसार ठूलो दल र सरकार चलेको आरोप लगाए । यहाँको हितमा नरहेको संशोधन प्रस्ताव विरुद्ध सबै जनता सडकमा उत्रेको भन्दै कुनै दलको एजेण्डा नभई सबै नेपालीले राष्ट्रको हितका लागि गरेको विरोधका रुपमा बुझ्न आग्रह गरे ।
 
नेकपा माले कास्कीका संयोजक टेकनाथ भण्डारीले सरकारले तराई र मधेश अलग गर्ने नियतले स्थानीय जनताको विरोध हुँदाहुँदै कसैलाई खुशी पार्न मुलुक जलाएको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै एक हुनुपर्ने बताए । नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले संविधानले पनि सीमांकन हेरफेर गर्ने व्यवस्था नगरेको, रुपान्तरित संसदलाई पनि त्यो अधिकार नरहेको जिकिर गर्दै संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए ।
यस्तै, अनेरास्ववियू जनप्रिय क्याम्पस इकाईले पनि शुक्रबार विहान क्याम्पस गेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ । क्याम्पस गेटबाट शंख फुक्दै उपस्थित विद्यार्थीहरुले नारा जुलुस गर्दै रत्नचोकमा लगि जलाएका हुन् । रत्नचोक देखि क्याम्पस गेटसम्म विद्यार्थीहरुले करिब दुई घण्टा चक्का जाम समेत गरेका थिए । अनेरास्ववियू त्रिवि जिल्ला कमिटी कास्कीका अध्यक्ष विवेक देबकोटाले अहिलेको वर्तमान सरकारलाई भारतिय दलालको आरोप लगाउँदै प्रदेशको नाममा देशलाई टुक्र्याउन खोजिएको कार्यलाई पूरा हुन नदिने बताए ।











Post a Comment

 
Top