0
गोल्डेन न्यूज संवाददाता
कास्कीको उत्तरपूर्वी गाविस सिक्लेसमा निर्माणाधीन सिक्लेस हाइड्रो करिव पाँच महिना भित्रमा संचालन आउने भएको छ। हाइड्रोको निमार्ण कार्य करीब ९० प्रतिशत पुरा भइसकेकाले बाकी काम ५ महिना भित्र पुरा गरि संचालनमा ल्याउने तयारी भएको सिक्लेस हाइड्रो डेभलभमेन्ट प्रालीका अध्यक्ष सूर्यबहादुर केसीले जानकारी दिए । हाईड्रोका मुख्य लगानीकर्ता एबम उद्योगपति केसीले हाईड्रोपावर गत बर्षको चैत्र महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भएतापनि भूकम्प र नाकावन्दीको कारणले गर्दा निमार्ण कार्य ढिलाई भएको बताए । ‘भूकम्पको कारणले समय अवधि मात्र लम्बिएन २० करोडको आर्थिक भार समेत बेहोर्नु पर्यो’– केसीले भने । मुख्यतः पोखरेली लगानीकर्ता रहेको १३ मेगावाट क्षमताको उक्त हाईड्रोपावरमा ६० प्रतिशत केसी परिवारको लगानी रहेको छ भने वाकी ४० प्रतिशत बतास अर्गनाईजेसन, सेलवेज ग्रुप, एनआरएन सदस्य तथा अन्य साना लगानीकर्ताको लगानी रहेको छ । करिव २ अर्व १५ करोडको लागतमा सम्पन्न हुन लागेको हाईड्रोमा कुल ४९ जना लगानीकर्ता रहेको केसीले जनाए । हाईड्रोपावर निमार्णको क्रममा बाढीको कारणले निर्माण सामाग्री लगाएतका भौतिक संरचना बगाउदा ठूलो आर्थिक क्षतिको साथमा कठिनाई झेल्नुपरेको  केसीले बताए । विद्युत गृहका उपकरण जोड्ने र लाइन बिस्तारको केही काम बाँकी रहेको अवस्थामा बाढीले क्षति गरेको अध्यक्ष केसीले बताए । ‘हाइड्रो निर्माणको क्रममा स्थानीय स्तरमा केहि समस्याहरु देखिएता पनि समाधान गर्दै अघि बढेको छौं, अब छिटै संचालमा आउनेछ’–उनले भने । १० मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखी कार्य थालनी गरेकोमा निमार्णको क्रममै १३ मेगावाट पुर्याइएको केसीले बताए ।सो हाईड्रोबाट उत्पादित बिद्यूत उपल्लो मादि जलबिद्युत आयोजनाको उत्पादनसंगै जोडेर लेखनाथको १३२ केभि स्टेशनको राष्ट्रिय प्रशारण लाईनमा जोडिने भएको छ । २५ मेगावाट क्षमताको उपल्लो मादी जलबिद्युत आयोजनामा चाइना ईन्टरनेश्नल वाटर एण्ड ईलेक्ट्रीक कर्पोरेसन
(सी.डब्लु.ई.) र बिजयबाबु मल्लको लगानी रहेको छ ।
केसी कन्स्ट्रक्सन कम्पनीले निमार्ण गरिरहेको सिक्लेस हाईड्रोपावरमा करीब साँढे ३ किलोमिटर क्षेत्रबाट आरसीसी वक्स प्यानलको माध्यम वाट पानी ल्याईएको छ । निर्माणाधिन सिक्लेस हाइड्रो पोखरादेखि झण्डै २२ किलोमिटरको दुरीमा पर्दछ ।केसी परिवारको लगानीमा कास्कीमा हाल ३ वटा हाईड्रोपावर संचालनमा आईसकेका छन् भने केही हाईड्रो पावरमा लगानी गर्दै छन। ल्वाङ्घलेलको मर्दीखोलामा ४.८ मेगावार्टको गण्डकी हाइड्रोपावर करीब ५ बर्ष अघि सम्पन्न भएको छ । विजयपुरखोलमा निर्माण भएको एक मेगावाटको टाक्स हाईड्रोपावर विगत ६ बर्ष अघि देखि संचालनमा आएको छ । विजयपुर खोलामा रहेको ४.५ मेगावाटको भगवती हाइड्रोपावर करिब साँढे तीन बर्ष अघि देखि संचालनमा आएको छ । यस बर्षको बाढीले गर्दा टाक्स र र सिक्लेसमा समेत करोडौंको क्षति पुगेको थियो ।



Post a Comment

 
Top