0
तीनवटा लायन्स क्लवको संयुक्त आयोजनामा शनिबार पोखरामा आयोजित रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ । लायन्स क्लव अफ फेवा वेगनास चौतारी, सिर्जना चौतारी र विरौटा साँझा चौतारीको आयोजनामा पोखराको सिर्जनाचोकमा कार्यक्रम भएको थियो । लायन्स मल्टिपल काउन्सिल चियर पर्सन दिपक क्षेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । श्रेष्ठले पहिलो रक्तदाता कार्यक्रम संयोजक जितबहादुर थापालाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालमा सबैभन्दा बढी रगत संकलन गर्ने संस्था लायन्स क्लव भएको बताए । पछिल्लो क्रममा रक्तदानको बारेमा जनचेतना वृद्धि हुँदै गएकोले रक्तदान गर्नेहरुको संख्या बढ्दै गएको उनको भनाइ थियो । कार्यक्रममा वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा.भरत खत्री, चिफ एम्बेसर अफ गर्भनर विशेश्वर आचार्य, चिफ आईटी कोर्डिनेटर राम बस्याल, जोन चियर पर्सन खुबबहादुर बराल, रिजन चियर पर्सन सुदिपराज ढुङ्गाना, लायन्स क्लव अफ सिर्जना चौतारीका अध्यक्ष बालकृष्ण बराल, प्रथम उपाध्यक्ष कलाधर बाँस्तोला, द्वितीय उपाध्यक्ष जितबहादुर थापा, लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष सन्तोष घिमिरे, द्वितीय उपाध्यक्ष ऋषिराम भण्डारी, सचिव विधान गौतम, वातावरण निर्देशक शंकर पाण्डे लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष दुर्गा कुमारी आचार्य, प्रथम उपाध्यक्ष रजनी कोइराला, सचिव सावित्रा पौडेल, सह–सचिव कोपिला पौडेल लगायतले रक्तदान कार्यक्रमको बारेमा बोलेका थिए ।  रक्तदान कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो । लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारी र लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारी  लायन्स क्लव अफ सिर्जना चौतारीको स्पोन्सर क्लव हुन्।

Post a Comment

 
Top