0
गोल्डेन न्यूज संवाददाता
रोटरी क्लव अफ पोखरा न्यूरोडले एक विशेष कार्यक्रम गरी शनिवार आफ्नो सातौं स्थापना दिवस मनाएको छ ।  कार्यक्रमको उद्घाटन गदैं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा रोटरी क्लवहरुले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले समुदायमा आधारित शिक्षा र स्वास्थ्यलाई सरकारले  प्राथमिकता दिएको बताउँदै त्यसका लागि रोटरी क्लवसंग साझेदारी गर्न तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले क्लवहरु एकजुट भएर आफूले सामाजिक क्षेत्रमा गरेका कार्यलाई दिगो रुपमा लैजान सुझाव दिए। कास्की जिल्ला अदालका मुख्य न्यायाधिश शेखर पौडेलले फेवाताल प्रदुषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै रोटरी क्लवलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । क्लवका अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर तीर्थमान शाक्य, केशव कुवँर, किरणलाल श्रेष्ठ, रोटरी फाउन्डेशनका जितेन्द्रबहादुर राजभण्डारी, रत्नमान शाक्य, रोटरीयन राजीव पोखे्रल, के.बी क्षेत्री, डिष्ट्रिक्ट गर्भनर नोमिनी चिन्तामणि भट्राई, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापा, लायन्सका पूर्व गभर्नर योगेन्द्रलाल प्रधान, क्लवका संस्थापक अध्यक्ष रविप्रसाद बराल, कार्यक्रम संयोजक पे्रमप्रसाद पौडेल, इनरह्वील क्लव अफ न्यूरोड पोखराका अध्यक्ष गीता सिग्देल लगायतले देशलाई पूर्ण साक्षार बनाउने अभियानमा रोटरी सक्रिय रहेको बताए । क्लवका पूर्व अध्यक्ष सुवास सिग्देलले फेवाताल पोखराको गहना भएको बताउँदै त्यसमा भएको प्रदुर्षण र जलकुम्भी हटाउन अन्य संघ संस्थालाई सहकार्यका लागि आग्रह गरे। कार्यक्रममा कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

Post a Comment

 
Top