0
गोल्डेन न्यूज संवाददाता
नेपाल आइस हक्की सङ्घले खेलको विकास गर्न पोखरा स्पोर्टस कम्प्लेक्समा आइस रिङ्क स्थापनका लागि नक्सा तयार गर्ने निर्णय गरेको छ । नेपाल आईस हक्की संघको  दोश्रो बार्षिक साधारण सभाले अध्यक्ष लोकबहादुर शाहीद्वारा प्रस्तुत प्रतिवेदनलाई पास गर्दै सो निर्णय गरेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमालले शनिबार एक कार्यक्रम बीच साधारणसभाको उद्घाटन गरेका हुन् । प्रतिवेदनमा संघले अघिल्लो निर्वाचन पश्चात भए गरेका गतिविधिहरुलाई समेट्दै आगामी दिनमा गर्नुपर्ने कार्यहरुको योजनासहित प्रस्तुत गरिएको थियो । हालसम्म संघले नेपालमा आईस हक्की खेलको सम्भावनाको अध्ययन गर्दै आईस रिंक स्थापनका लागि प्रारम्भिक चरणको अध्ययन गरेको बताएको छ ।  रिङ्क स्थापनाका लागि संघको विशेष निमन्त्रणामा अन्तर्राष्ट्रिय आईस हक्की महासंघका कोषाध्यक्ष तथा फ्रान्स आईस हक्की संघका अध्यक्ष श्रीलुक टार्फिकलाई नेपाल बोलाई आईस हक्की रिंक स्थापनका लागि विभिन्न स्थानको भ्रमण गराइएको, र त्यसका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्संग पहल भईरहेको संघले जनाएको छ । संघले जुनियर खेलाडीहरुलाई आईस हक्कीको प्रारम्भिक प्रशिक्षण दिन तथा केही खेलहरुको अवलोकनका लागि मित्र राष्ट्र फ्रान्सको आईस हक्की संघको पहलमा २०१७ मे मा भ्रमण गराउने बताएको छ । पोखरा स्पोर्टस कम्प्लेक्समा आईस रिंक स्थापनका लागि नक्सा तयार गर्ने एवं प्राविधिक जनशक्ति निर्माणका लागि २०१७ जुलाईमा फिनल्याण्डमा एक टोली पठाउने समेत संघले निर्णय गरेको छ । साधारणसभावाट संघले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा निजी क्षेत्रलाई आईस हक्की रिंक निर्माणमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने एवं खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा लैजाने जस्ता कार्यक्रमलाई पारित गरेको छ । साधारणसभामा केन्द्रीय पदाधिकारीका साथै विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहेको संघले जनाएको छ  ।



Post a Comment

 
Top