0
गोल्डेन न्यूज संवाददाता
पोखरामा आईतवार विहानै ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । पोखराको चाइना पुलमा ट्रकको ठक्करबाट मोटरसाईकल चालक १९ बर्षीय युवकको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बिहान ६ बजे बबुद्धचोकबाट पृथ्बीचोक तर्फ आउँदै गरेको ग१ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको ग२प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक पोखरा १५ खाल्टे मसिना बस्ने बर्ष १९ का अशिम गुरुङको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाईते उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ७ बजेर १० मिनेटमा ज्यान गएको हो । दुर्घटनामा मोटरसाईकल पछाडि बस्ने रोशन गुरुङ घाइते भएका छन्। ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएपनि चालक फरार रहेको प्रहरीले जनाएको छ । यसैबीच ट्रकको ठक्करबाट मृत्यु भएका अशिम गुरुङका परिवार र आफन्तले दोषीलाई कारवाही नगरी शव नबुझ्ने बताएका छन् । दोषीलाई प्रहरीले पक्राउन गर्न नसकेकोमा गुरुङका आफन्तहरु आक्रोशित समेत बनेका छन् । माझठाना–४, बित्यानी स्थायी घर भइ हाल पोखरा–१८ छिनेडाडा बस्ने १९ बर्षिय असिम गुरुङलाई आइतबार विहान ६ बजे बुद्धचोकबाट पृथ्बीचोकतर्फ आउदै गरेको ग१ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउँदै गरेको ग२प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर ज्यान गएपछि आफन्तहरु शोकमा डुबेका छन् । मृतक गुरुङका आफन्तले जानकारी दिएअनुसार पोखरा युनाइटेडमा कक्षा १२ मा अध्ययन गर्ने अशिम कलेज आउँदै थिए । ठक्कर दिने ट्रक र सवारी धनीलाई नियन्त्रणमा लिएपनि चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।  यसैगरी मृतक अशिमका आफन्तले दोषीलाइ कारबाही हुनुपर्ने माग सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका छन् । दोषीलाइ यथाशीघ्र पक्राउ गरि कार्वाही गरि उचित्र क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन्। मृतक गुरुङको शवलाइ पोष्टमार्टम का लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पलातमा राखिएपनि मृतकका  आफन्तले शव नबुझ्दा पोष्टमार्टम हुन नसकेको प्रहरीले जानकारी दिएको छ । खोटाङ घर भएका ट्रक चालक हेम मगरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Post a Comment

 
Top