0
लायन्स क्लब अफ पोखरा व्युटी सिटीले २ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । असहाय तथा अशक्त बालबालिका तथा अशक्त महिलाहरुको सहयोगार्थ अक्षयकोष स्थापना गरिएको क्लबकी अध्यक्ष चिनु गुरुङले जानकारी दिइन् । अक्षयकोषका लागि ट्रम्स्स फाउण्डेशन युकेले आर्थिक सहयोग गरेको हो । अक्षयकोषमा रहेको रकमबाट प्राप्त व्याजलाई वार्षिक रुपमा छात्रवृत्ति स्वरुप प्रदान गरिनेछ। बिहीबार एक कार्यक्रम बाीच अक्षयकोष स्थापना गरिएको हो । क्लबका अध्यक्ष चिनु गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका स्कुल सपोर्ट कमिटी चियरपर्सन उत्तममान बुद्धाचार्यले सामाजिक भावनाका साथ अक्षयकोष स्थापना गर्नु क्लबको प्रशंसनीय कार्य भएको धारणा राखे । कार्यक्रममा डाइबेटिक अवेरनेस कमिटी चियरपर्सन तीर्थलाल श्रेष्ठ, ट्रम्स्स फाउण्डेशन प्रतिनिधि टीना थापा, क्लबका प्रथम उपाध्यक्ष सीता केसी, कोषाध्यक्ष सबी शेरचन, सहसचिव विष्णुकमारी आचार्य बाँस्तोला लगायतले बोलेका थिए । फाउण्डेशनका टीना थापा, रत्न कायस्थ, चञ्चला श्रेष्ठ, मुना बस्नेत र सरस्वती आलेले अक्षयकोषका लागि आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष गुरुङले जानकारी दिइन् ।



Post a Comment

 
Top