0
पोखरा उप–महानगरपालिका ६ लेकसाईडमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्री र स्कुटर चालक पनि घाईते भएका छन् । ग १२ प ३४५६ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएको थियो । घाइते हुनेमा लेकसाइड बस्ने ६३ बर्षकी दुर्गा पहाडी र १९ बर्षीय स्कुटर चालक डोल्मा लामा रहेका छन् । घाइते दुर्गा पहाडी र डोल्मा लामाको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ । घटना स्थलमा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी साहयक निरीक्षकको नेत्रित्वमा ५ जनाको टोली खटिएको थियो । स्कुटर वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको बैदाम प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा उप–महानगर पालिका–६ जरेबरमा कारले ठक्कर दिदा २ जना घाइते भएका छन् । ग १ च ४२४४ नम्बरको कार र ग ११ प ५२४४ नम्बरको स्कुटर एक आपसमा ठोकिदा २ जना घाइते भएका हुन् । घाइते हुनेमा पोखरा १४ चाउथे कदममणी मार्ग बस्ने ३५ बर्षिय स्याम गुरुङ र स्कुटर कै पछाडि सवार स्कुटर चालककी पत्त्नी बिमला गुरुङ रहेका छन् । घाइतेहरुको पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भईरहेको छ ।


Post a Comment

 
Top