0
डोनाल्ड ट्रम्प संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति बन्दैछन् । २० जनवरीमा अमेरिकी राष्ट्रपतिको सपथ खाएपछि उनी संसारकै शक्तिशाली देशको नेतृत्व गर्नेछन् । उनको हातमा अमेरिकी आणविक हतियारको रिमोट हुनेछ । तर, तिनै ट्रम्पले स्त्रीको यौनाङ्ग जत्तिको खतरनाक हतियार अर्को देखेका छैनन् । मष्उभकज पअरेडियो प्रस्तोता हवार्ड स्ट्रनसँग विगतमा अन्तवार्ता दिँदा उनले उक्त विवादास्पद भनाइ बोलेका थिए । राष्ट्रपति चुनावका दौरानसमेत उनको महिलासँगको सम्बन्ध र महिलामाथिको दुव्र्यवहारको विषय चुनौती बन्यो । विगतको बोलीका कारण पटक–पटक माफी नै माग्नुप¥यो । ट्रम्पले १४ वर्षको छँदा पहिलोपटक यौनसम्बन्ध राखेका थिए । रेडियो कार्यक्रममा हवार्ड स्ट्रनसँग अन्तवार्ता दिँदै स्कुल पढ्ने सुन्दर किशोरीसँग पहिलोपटक सम्बन्ध राखेको खुलासा गरे । उनले भने, ‘तिनी असाध्यै कामुक थिइन् ।’उनी सुपरमोडलहरूसँगको रोमान्स सुनाउँथे । रेडियो प्रस्तोता हवार्ड स्ट्रनले सेक्स सम्बन्धको संख्याबारे सोध्दा आफू निकै उच्चस्तरको भएकाले सुपरमोडलहरू सँगको सम्बन्धलाई जोडे । उनले भनेका थिए, ‘१५ सुपरमोडलको लिष्ट बनाइदिएर अप्ठ्यारो बनाइदिन्छौ, तर विवाहित भएकाले मेरा लागि यो त्यस्तो कुरा गर्ने समय होइन ।’यौनबारे निकै खुल्ने र कहिलेकाहीँ उग्र एवं अश्लील बोली बोल्ने ट्रम्प उमेरमा आफूलाई कामुक पुरुष भन्ठान्थे । ट्रम्प यौनबारे निकै विवादास्पद बोली बोल्थे । ‘माइ सेकेण्ड बिजनेश’का लेखक माइकल ग्रोसका अनुसार उनीसँगको अन्तर्वातामा ट्रम्पले यौन क्षमताबारे निकै घमण्ड गरेका थिए । उनले उल्लेख गरेका छन्, ‘मैले जत्तिको धेरै यौन सम्पर्क कसैले गरेको छैन होला । विश्वका अधिकांश देश र नश्लका महिलासँग यौन सम्बन्ध राखिसकेको भन्दै उनले घमण्ड गर्थे । विश्वका कतिपय अवस्थामा आफूले सुपरमोडलसँग यौनसम्बन्ध राखेको दृश्य हेरेको समेत बोलेका थिए । उनले यतिसम्म बोलेका थिए कि ‘सायद, स्त्रीको यौनाङ्ग जतिको खतरनाक अर्को हतियार छैन ।’ टेलिभिजन कार्यक्रम ‘फ्राइडे शो’ मा प्रश्नकर्ताको उत्तर दिने क्रममा रजश्वलाको अवस्थामा राखेको यौनसम्बन्ध, एकैपटक तीनवटी महिलासँग राखेको 
यौनसम्बन्ध र ३५ वर्ष नाघेपछि महिलालाई बेवास्ता गर्ने स्वभावबारे उनले चर्चा गरे ।
 
कतिपय अवस्थामा महिलालाई घृणा गर्ने र विश्वास नगर्ने मनोवृत्ति प्रकट गरे । उनी आफू संख्यामा भन्दा गुणमा विश्वास गर्ने भन्दै दुनियाँका मै हुँ भन्ने महिलासँग सम्बन्ध राखेको खुलासा गर्दा दंग हुन्थे । अश्लील चलचित्रकी कलाकार भिक्टोरिया जेड्रोकलाई सेक्स प्रस्ताव गर्दै आफूसँग एकपटक सम्बन्ध राखेपछि अर्को व्यक्ति खोज्न छाड्ने बताएका थिए । आफूसँग जति अरु कसैमा यौनशक्ति नभएको उनी दाबी गर्थे ।मान्छेले सेक्स असाध्यै चाहने तर्क गर्थे ट्रम्प । संसारमा सेक्स नचाहने व्यक्ति नै नभएको उनको तर्क थियो । सेक्सको मामलामा आफू निकै अनुभवी र जानकार भएको देखाउँथे । यौनसम्बन्धी विज्ञ नै जस्तो गरी आफूलाई प्रस्तुत गर्थे । स्ट्रनसँगको अन्तवार्तामा ट्रम्पले भनेका छन्, ‘३० वर्षको उमेर डेटिङका लागि महिलाको उपयुक्त उमेर हो ।’ ३५ सम्म ठिकै हुने र त्यसपछि उपयुक्त नहुने बताएका उनले थिए । २४ वर्ष कस्तो हुन्छ भनी सोध्दा भने, ‘जर्बजस्त हुन्छ ।’ रजश्वलाको समयमा पनि सम्बन्ध राखेको उनले भने । कुनैबेला तीनवटा युवतीसँग एकसाथ यौन सम्बन्ध राखे नराखेको बारे सोध्दा उनले घुमाउरो पाराले राखेको जवाफ दिए । विश्व सुन्दरीहरूसँग यौन सम्बन्ध राखे नराखेको बारेको प्रश्नमा चाहिँ उनी बोल्न चाहेनन् । उनले छैन पनि भनेनन् । मिस युनिभर्स, मिस युएसए, मिस युएसएलगायत प्रतियोगिताका आयोजक बनेका उनीमाथि त्यस्ता युवतीहरूलाई प्रभावमा पारेको आरोप नलागेको होइन । कुनै देशकी सुन्दरीसँग सम्बन्ध राखेको भए अगाडिको अक्षर भन्न भन्दा उनले ठट्टा गर्दै भनेका थिए, ‘कतिवटा ?’ कुनै देशकी सुन्दरीसँग सेक्स प्रस्ताव राखे नराखेको बारे सोध्दा उत्तर थियो, ‘म त्यस्तो पाराको मान्छे होइन ।’ कसैले नाई नभन्ने तर उनीहरूको मनमा ठेस पु¥याउने मनशाय नभएको उनले जवाफ दिए । सुन्दरी प्रतियोगिताको समयमा सबै ठीकठाक छ कि छैन भनेर बुझ्न सबैतिर प्रवेश गर्ने गरेको र कपडा फेर्ने कोठामा समेत पुग्ने गरेको उनले सुनाएका थिए । कतिपय अवस्थामा कोही नाङ्गो अवस्थामा समेत हुने गरेको उनले खुलाए । रम्प मोडलिङको दुनियाँमा खुबै भिजे र रमे । उनले मोडलिङ कम्पनीसमेत खोले । मोजमज्जा निकै गरेको तथ्य उनीसँग संगत गरेकाहरूबाट खुलेको छ । जसमध्ये वाडे टर्नबुल पनि हुन् । उनले मोडलिङको दुनियाँमा हुने गरेको नकारात्मक क्रियाकलापको खुलासा गरेका थिए । ट्रम्पको मोडलिङ कम्पनीले युवा र आप्रवासी मोडलहरूप्रति गर्ने व्यवहार निकै नकारात्मक रहेको चर्चा चल्यो । मोडलिङ कम्पनीले धनाढ्यहरूलाई कलिला महिलाहरू पुर्रुयाएर पैसा कमाउने गरेकोमा ट्रम्पको कम्पनी पनि संलग्न रहेको विषय उठे । अर्बपति धनाढ्यहरूले नवयुवतीका लाग यस्तै ठूला नामधारी मोडलिङ कम्पनीमा सम्पर्क गर्थे । पश्चिमा देशहरूमा यस्तो धन्दा चलेको तथ्यहरू सार्वजनिक भइरहन्छन् । कतिपयले मोडलिङका नाममा युवती ओसार–पसारको आरोप समेत लगाउने गरेका छन् । मोडलिङलाई सुन्दर महिलाको कुरुप व्यापार भन्नेहरू पनि छन् । ‘मोडलः दी अग्ली बिजनेस अफ ब्युटिफुल वुमन’ पुस्तकमा इयान हाल्परिनले कुरुप व्यापारको वर्णन गरेका छन् । सुपरमोडलहरूको दर्दनाक संसारबारे इयान हाल्परिनले ब्याड एण्ड ब्युटिफुलः इन्साइड दी डाजलिङ्ग एण्ड डेडली वल्र्ड अफ सुपरमोडल पुस्तकमा व्याख्या गरेका छन् । मोडलिङ र सुन्दरी प्रतियोगिताको अँध्यारा पक्षहरूबारे ट्रम्पकै अभिव्यक्तिबाट बुझ्न सकिन्छ । उनले सुन्दरीलाई यौन वस्तुका रूपमा मात्र सोच्थे । यसबाहेक प्रतियोगितामा भाग लिएकाहरूले समेत ट्रम्पको अभद्र व्यवहारबारे गुनासो गरे । मोडलिङको दुनियाँमा ट्रम्पले व्यक्तिगत फाइदा लिए, तर त्यहाँ भिज्ने धेरै युवतीहरू न्युयोर्क र अन्य मेगासिटीमा संघर्ष गर्दा गर्दै हराए । हरेक हप्ता कुनै न कुनै नयाँ मोडलसँगसँग ट्रम्प रहने गरेको खुलासा समेत भयो । ट्रम्प आफैले यौनबारे घमण्ड देखाउँदै यस्ता विषयको पुष्टि गर्ने आधार दिएका छन् । ट्रम्पको नाम कार्ला बु्रनी यटसँग जोडियो । कार्ला तिनै मोडल हुन्, जसको विवाह फ्रान्सका तत्कालीन राष्ट्रपति निकोलस सार्कोजीसँग भयो । कार्लासँगको जोडिएर चर्चामा आउने रणनीति समेत अपनाए ट्रम्पले । ट्रम्पलाई चिन्नेभन्दा कार्लालाई चिन्ने ठूलो संख्यामा रहेकाले चर्चामा आउनका लागि यस्तो उपाय निकाले ।कार्लाले ट्रम्पसँग कहिल्यै पनि रोमान्समा नरहेको बताइन् । न्यूयोर्क पोष्टले दुवैबीचको रोमान्सबारे बनाएको कथाबाट आफूले लज्जा अनुभव गरेको बताइन् । बरू ट्रम्प आफ्नो पछि लागेको घटना सुनाइन् । होटलमा एउटा परोपकारी कार्यक्रममा ट्रम्प पछि लागेपछि आफूहरूले उल्लु बनाएको कार्लाले उल्लेख गरिन् । तर, आफूसँगको रोमान्सलाई योजनावद्ध तरिकाले तयार गरी प्रकाशित गर्न लगाएको उनले आरोप लगाइन् । ट्रम्पमाथि आक्रोश पोख्दै उनले भनिन्, ‘ट्रम्प जहिले पनि पागल छन् । सुपरमोडलदेखि चर्चित अनुहारसँग नाम जोडिँदै डोनाल्ड सबैको चासो र चर्चाको पात्र बन्न पुगे । ट्रम्प टावरदेखि भव्य महलहरूमा नाम राख्दा समेत उनको चर्चा चुलिएन । तर, सुन्दर महिलाहरूसँग नाम जोडिएपछि बल्ल उनी चर्चाको शिखरमा पुगे । महिलाको सुन्दरता उनका लागि मात्रै चुम्बक सावित भएन, दुनियाँको दृष्टिका लागि समेत आकर्षण बन्न पुग्यो । अरुको नामसँग जोडिएर चर्चा कमाएका उनले यही शैलीलाई निरन्तर अपनाए । त्यसैले उनीमाथि महिलालाई प्रयोग गरेर नाम, दाम र शक्ति आर्जन गरेको आरोप लाग्ने गर्छ । उनको जीवनका पानाहरू पल्टाउँदा यही नीति अख्तियार गरेको आरोपले बल पाउँछ । ट्रम्पले कामदारदेखि व्यक्तिगत जीवनमा आएका महिलामाथि गलत व्यवहार गर्नेदेखि नकारात्मक बोली बोलेको आरोप लाग्यो । यही व्यवहारका कारण उनी महिलाबाट धोका पाउँथे । कतिपयले उनीसँग लामो समय बिताउन नसक्ने अवस्था देख्थे । ट्रम्प जसलाई चाहन्थे, तिनले अस्वीकार गरेका थिए । जसमध्ये कार्ला बु्रनी र जिल हर्थको नाम प्रमुख रुपमा आउँछ । हुन त ट्रम्पले ब्रुनीसँगको रोमान्स आफैंले बाहिर ल्याएका थिए । तर, ब्रुनी ट्रम्पलाई मन पराउँदिन थिइन् । यसबाहेक कतिपय महिलाले ट्रम्पको स्वभावको खरो आलोचना गरे । उनी विश्वासयोग्य नभएको र आफ्नो स्वार्थका लागि जे पनि गर्ने र जे पनि बोल्ने गरेको आरोप लगाए । उनीमाथि कतिपय महिलाले गम्भीर आरोप लगाए । जसमध्ये सन् १९९० ट्रम्पको जीवनमा धेरै समस्या आयो । केही वर्षका बीच उनीमाथि यौन दुव्र्यवहारका धेरै आरोप लागे । एकपछि अर्को गर्दै लाग्ने गरेको आरोपले उनको चरित्रमाथि प्रश्न उठे । तर, यस्तै घटनाले उनी चर्चामा आए । र, राष्ट्रपतिको चुनाव जिते पनि ।
(यसै साता बजारमा आएको केसीद्वारा लिखित पुस्तक ‘डोनाल्ड ट्रम्पः चमत्कारै चमत्कार’ पुस्तकको सम्पादित अंश)





Post a Comment

 
Top