0
नेवा खल कास्कीको आयोजनामा मिस नेवा पोखरा नेपाल संवत ११३७ हुने भएको छ ।  प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका लागि २२ वर्ष नकटेका अविवाहित नेवार युवतिहरुले भाग लिन सक्ने छन् । पुष २४ गतेदेखि माघ ४ सम्म परेका आवेदन माथि छानविन गरि प्रतिस्पर्धीको छनौट गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न शम्भुलाल श्रेष्ठको संयोजकत्वमा २२ सदस्यिय कमिटी तथा ६ सदस्यिय सल्लाहकार समिति गठन गरिएको छ । जसमा सहसंयोजक गजेन्द्रमान श्रेष्ठ, सारा बजिमय, तालिम संयोजक चन्द्रबहादुर राजभण्डारी, अर्थ संयोजक सुरेन्द्र श्रेष्ठ, निणार्यक मण्डल संयोजक रश्मिता नकर्मी, श्रृङ्गार ब्यवस्थापन संयोजक मिना प्रधान, ब्यानर ब्यवस्थापनमा सागर उदास, कोरियोग्राफर सुलोचना शाक्य, प्रचारप्रचार संयोजक सन्जय मल्ल, ड्रेस डिजाइनर सुमित्रा श्रेष्ठ, सहभागी ब्यवस्थापन संयोजक शान्ती उदास, ट्यालेन्ट सो ब्यवस्थापन संयोजक श्रीया बुद्धाचार्य, स्वयंसेवक ब्यवस्थापन संयोजक रामबहादुर रजक तथा फोटो सेसन ब्यवस्थापन संयोजक करिश्मा साई रहेका छन् । सल्लाहकार समिति सदस्यहरुमा रन्जन बुद्धाचार्य, निरन्जन बुद्धाचार्य, ईश्वर कर्माचार्य, प्रदिप रञ्जित, विक्रम उदास र सुविन्द्र श्रेष्ठ रहेका छन् । नेवा खल कास्कीले हरेक वर्ष नेवारी युवतिहरुको प्रतिभा प्रस्फुटन, ब्यक्तित्व विकास तथा नेवारी संस्कृति हस्तान्तरणका लागि भन्दै मिस नेवा पोखरा कार्यक्रम गर्दै आएको छ । सहभागीहरुलाई १ महिने लामो तालिम प्रदान गरिने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए। तालिममा नेवारी भाषा, संस्कृति, नाच, संगीत, तथा नेवारी सभ्यताका साथै ब्यक्तित्व, नेतृत्व विकास र बोल्ने कलाका विषयमा तालिम प्रदान गरिने पालिखेले बताए ।

Post a Comment

 
Top