0
गोल्डेन न्यूज संवाददाता
मगर जातिको मौलिक संंस्कृति बोकेको कौरा नाच प्रतियोगिता पोखरामानै पहिलो पटक आयोजना गरिने भएको छ । नेपाल मगर संघले आगामी शनिबार कौरा प्रतियोगिताको आयोजना गर्न लागेको हो । पोखरा सभागृहमा आयोजना हुने प्रतियोगितामा नेपाल मगर संघ कास्कीमा आवद्ध विभिन्न इकाइ समितीहरुमध्ये १८ टीमको सहभागीता हुने नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार, सान्त्वना पुरस्कार ५ हजार, उत्कृष्ट नृत्य निर्देशकलाई २ हजार ५ सय, उत्कृष्ट भेषभुषााई २ हजार ५ सय र अनुशासित टिमलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको शनिवार बिहान १० बजे नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगरले उद्घाटन गर्नेछन ।

Post a Comment

 
Top