0
राजाराम पौडेल÷गोल्डेन
वायल्ड रिपर्ज क्रु को क्रेज यतिबेला ह्यात्तै बढेको छ । नेपालसँगै भारतमा पनि यो क्रु उत्तिकै चर्चित छ । चर्चित भारतीय डान्सिङ रियालिटी शो ‘डान्स प्लस’ को दोस्रो सिजनमा रनर अप भएसँगै यसको लोकप्रियता बढेको हो । वायल्ड रिपर्ज ले पोखरामा आफ्नो प्रस्तुति राख्यो । उनीहरुकोे प्रस्ुततिमा रम्दै पोखरेलीले पोखरामा यसको क्रेज छ भन्ने देखायो । अधिकांश टिनएजका युवा–युवती उनीहरुको सर्मथक थिए । हुन त नौ जना ‘क्रु मेम्बर’ नेपाली रहेको यो नृत्य समूहको प्रशंसकहरु नेपालमा थुप्रै छन् ।पोखराको मालेपाटन चौरमा भएको ‘आदर्श डान्स मास्टर’को ग्राण्ड फिनालीमा आफ्नो प्रस्तुति राखेको यो समूहलाई पोखरेलीले खुलेरै साथ दिए । टेलिभिजनको पर्दामा उनीहरुको प्रस्तुति हेरेका पोखरेली युवा–युवतिले उनीहरुलाई आफ्नै आँखा अगाडि हेर्न पाउँदा उत्साहित देखिन्थे । पटक–पटक गरी आयोजले स्टेज उतारेका उनीहरुको प्रस्तुतिमा रम्न अन्तिम समयसम्म दर्शकले साथ दिए । वायल्ड रिपर्जले आधा दर्जन प्रस्तुतिमार्फत पोखरेली दर्शककलाई मनोरञ्जन प्रदान गरेको थियो ।  पुख्र्यौली घर कैलाली टिकापुर भई मुम्बईमा जन्मिएका रोहन सिँह, धनगढीका किरण थापा, काठमाडांै बौद्धका सुरेन राई र बुद्ध लामा, बुटवलका सन्तोष दर्जी, झापाका सागर राई, भारत मुम्बईका सउल जेम्स वोदी, न्यूरोड काठमाडौंका सुरज थापा मगर, काठमाडौंकै सुमन स्यानताङ र सुसन तामाङ गरी १० जना रहेका छन् । पोखरामा यो समूहको क्रेज बढी छ भन्ने प्रमाण पोखरामा उनीहरु आउँदा पोखरेलीले गरेको भव्य स्वागत हो । स्वागतमा उनीहरुलाई भेनमा राखेर २ घण्टा पोखराका मुख्य–मुख्य ठाउँको परिक्रमा गराइएको थियो । शहर परिक्रमा पछि मिडियाकर्मी माझ उनीहरु प्रस्ुतत भए। त्यस लगत्तै उनीहरुसँग फोटो खिचाउन युवतिको लामो भिँड नै लाग्यो । युवतिको भिँडबाट छुटाएर होटल सम्म पु¥याउन आयोजकलाई हम्मे–हम्मे प¥यो । पोखरा सुन्दर शहर हो । र, पोखरेलीहरु पनि सुन्दर मनका छन् । यस्तो शहरमा हाम्रो समूहले प्रस्तुति दिँदाँ । हामी निकै एक्साइटेड भयौ ।’ वाइल्ड रिपर्ज क्रुका म्यानेजर सुदिन मानन्धरले प्रतिक्रिया दिए । ‘यस अगाडि पनि हामीले पोखरामा आएर प्रस्तुति राखेका थियौं तर यस्तो माया पाएका थिएनौ’ क्रु का क्याप्टेन रोहन सिँहले भने ।  वायल्ड रिपर्जप्रति पोखरामा देखिएको मायाले हिपहपमा केहि गर्न सक्छौं भन्ने आत्मविश्वास बढेको क्याप्टेन सिँहको भनाइ थियो । वायल्ड रिपर्ज क्रु ले पोखराको ओजन रेष्टुरेन्ट एण्ड बारमा समेत आफ्नो प्रस्तुति राखेको थियो । हुन त यो क्रु ले यसअघि जगदम्बा नेपाल टुर कार्यक्रममा समेत पोखरामा प्रस्तुति राखेको थियो । तर त्यस बेलाको क्रेज अहिलेको क्रेजमा धेरै फरकपना पाएको क्रु का क्याप्टेन रोहन सिँहले बताए । हामीले देशलाई चिनाएका छांै । दर्शकले सर्पोट गरेमा अघि बढ्न उर्जा मिल्नेछ । नेपाल हिपपबाट अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुन सक्छ भन्ने उद्देश्यका साथ हामी अगाडि संर्घष गर्दैछांै उनले भने । ‘अबको ५ देखि १० वर्ष भित्रमा नेपालको हिपहपनयाँ उचाईमा पुग्नेछ । नेपाल वि–बोइङमा भारत भन्दा अगाडि छ । तर यसलाई सर्पोट गर्ने व्यक्ति छैनन् ।’ उनका बुबा रतन सिँहले सपोर्ट नगरेपनि ममि मिना सिँहले उनी र उनको क्रु लाई सपोर्ट गरेको कारण आज यो क्रु ले आफनो परिचय बनाएको छ ।क्रु आदर्श कला साँस्कृतिक परिवारको आयोजनामा भएको ‘आदर्श डान्स मास्टर’ नृत्य प्रतियोगिताको फाइनलको अवसरमा पोखरा आएको थियो ।
 
कार्यक्रमका संयोजक राजेश खड्काले वायल्ड रिपर्ज क्रु नेपालमा बढेकोले पोखरामा प्रस्तुति राख्न बोलाएको बताए। उनले भने–‘नेपालमा यो नृत्य समूहको नृत्य रुचाउने युवा जमात निकै बाक्लो छ, हामीले पोखरेली युवाको चाहनालाई मध्यनजर गर्दै यो समूहलाई पोखरामा उतारेका होँ ।’ यसैबीच आर्दश साँस्कृतिक परिवारको आयोजनामा पोखरामा पहिलोपटक भएको आर्दश डान्स मास्टर २०१६ को उपाधि सन्देश जंग राणाले जितेका छन् । अन्य १५ जना प्रतिस्पर्धीलाई पराजित गर्दै उनले उपाधि सँगै पुरस्कार स्वरुप स्कुटर प्राप्त गरे । फस्ट रनरअप बनेका गणेश तामाङले ५० हजार रुपैयाँ नगद हात पार्दा सेकेन्ड रनरअप बनेकी स्मृती गुरुङले २५ हजारमा चित्त बुझाइन् । भिवर च्याइसको पुरस्कार सुस्मिता वञ्जराको पोल्टामा प¥यो । उनले नगद १० हजार रुपैयाँ हात पारिन् । पोखराको मालेपाटनमा भएको यो कार्यक्रम हेर्न सयौँको संख्यामा पोखरेली युवा पुगेका थिए ।  क्वाटरफाइनलबाट ८० जना, सेमिफाइनलमा ४० जना हुँदै फाइनलका लागि १६ जना युवायुवति छानिए। प्रतियोगिताको निर्णायकमा अमन तामाङ, सुवास राई र महेश गोदार थिए । कार्यक्रममा वायल्ड रिपर्ज क्रु को अलावा, बि.टु.डि. डान्स, सूर्योदय कला केन्द्र, माछापुच्छ«े डान्स ट्रेनिङ सेन्टरले आफ्नो प्रस्तुतिमार्फत दर्शकको ध्यान खिचे । कार्यक्रमको सञ्चालन सुरज थापा मगर र सुरेन कुमार सुशिलले गरे । टोले प्रतियोगिता भन्दा माथि उठेर दर्शकको मन जित्दै भव्यरुपमा कार्यक्रम सम्पन्न गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको र यसमा सफल भएको संयोजक खड्काको दावी थियो ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top