0
गोल्डेन न्यूज संवाददाता
कास्कीको चापाकोटमा बुधवार भएको अल्ट्रालाइट जहाज दुर्घटनामा एक जना विदेशी पाइलटको ज्यान गएको छ । एक जना घाइते भएका छन् । एभिया क्लवले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज मार्फत ह्याङग्लाइडर उठाउने क्रममा रसियन ६२ बर्षीय पाइलट अलेक्जेन्डर म्याक्सिमोभको ज्यान गएको हो । अल्ट्रालाइट बुधवार विहान करिब साढे ९ बजे कास्कीको चापाकोट ६ स्थित रन वे बाट उड्ने क्रममा हवाइ मैदानमै दुर्घटनामा परेको हो । 
दुर्घटनामा क्यानेडियन महिला २७ बर्षिय जिलेनी मेरी भोल्कर घाइते भएकी छिन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । ९ एन–एएलएल कलसाइनको जहाज भुई छाडेर केही माथि पुग्नासाथ सन्तुलन विग्रिएपछि धावनमार्ग नजिकै खसेको हो ।  ह्याङग्लाइडर उडाउने क्रममा अल्ट्रालाइट जहाजले पुछारमा अड्याइएको मसिनो डोरी चुडिएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको अनुमान छ । भोल्कर ह्याङग्लाइडरमा थिइन् भने अलेक्जेन्डरले सो ह्याङग्लाइडरलाई उडाउने अल्ट्रालाइट चलाएका थिए । अल्ट्रालाइट जहाजले डोरी मार्फत तानेर निकै उचाइमा पुगेपछि हयाङग्लाइडिङ छाडिदिन्छ। त्यसपछि ह्याङग्लाइडिङ स्वतन्त्र रुपमा उड्न सक्छ । पर्यटक सवार ह्याङग्लाइडिङलाइ तानेर उडाउने क्रममा म्याक्सिमोभले उडाएको जहाजले सन्तुलन गुमाएको थियो । म्याक्सिमोभ विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुन् । उनी एभियाका वरिष्ठ पाइलट एबं प्रशिक्षक हुन् । उनको शब मणिपाल शिक्षण अस्पतालमा राखिएको छ ।
 
एभियाले ह्याङग्लाइडिङ उडानका लागि बेग्लै जहाज ल्याएको थियो । यसलाई पर्यटक उडानको साटो हयाङग्लाइडिङ उडाउनमा प्रयोग गर्दै आएको थियो । कम गतिमा उड्ने भएकोले एभियाले ह्याङग्लाइडिङ उडाउँदा ड्रागन जहाज प्रयोग गर्दै आएको थियो । कास्कीको चापाकोट ६ स्थित बाम्दीमा बुधवार विहान अल्ट्रालाइट जहाज दुर्घटना हुँदा चापाकोट ३ का ऋषि वहादुर राना नजिकै थिए । विहान करिब साढे ९ बजे सदा झै ह्याङग्लाइडरलाई लिएर अल्ट्रालाइट जहाज उडेको मात्रै के थियो यसअघिको भन्दा अनौठो दृष्य देखे । ‘उड्दा उड्दै प्याराको रस्सी टुटेर दुबै अनकन्ट्रोल (अनियन्त्रित) भयो’ उनले भने ‘ह्याङग्लाइडर तत्काल खस्यो । अल्ट्रालाइट घुमेर आएर खस्यो ।’ उनका अनुसार अल्ट्रालाइट जहाज जमिनबाट झण्डै ३० मिटर मात्रै माथि उडेको थियो । ह्याङग्लाइडर लाई तान्ने डोरी चुँडियो र अल्ट्रालाइट बत्तिएर अनियन्त्रित हुँदै घुमेर जमिनमा बजारियो । ह्याङग्लाइडर पनि तत्काल जमिनमा खस्यो । ह्याङग्लाइडरमा सवार युवती क्यानेडियन महिला २७ बर्षीय जिलेनी मेरी भोल्कर घाइते भइन् । तर सोहि ह्याङग्लाइडरलाई उडाउन लागेका अल्ट्रालाइट पाइलट रसियन नागरिक ६२ बर्षीय अलेक्जेन्डर म्याक्सिमोभको ज्यान गयो ।
 
दुबै जहाज जमिनमा खसेपछि दौडदै घटनास्थल पुगेपनि तत्काल गाडी नपाएको र पछि गाडी पुग्ने बेलासम्म पाइलटको ज्यान गएको रानाले बताए । ‘महिला घाइते मात्रै थिइन् तर पाइलटको टाउको फुटिसकेको थियो’ उनले भने–‘यस्तो घटना पहिले भएको थिएन, अहिले कसरी भयो थाहा भएन । एभिया क्लवका अनुसार म्याक्सिमोभ विगत १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट थिए। उनी एभियाका वरिष्ठ पाइलट एबं प्रशिक्षक पाइलट पनि हुन् । अल्ट्रालाइट जहाजले पुछारमा अड्याइएको मसिनो डोरीले तानेर निकै उचाइमा पुगेपछि हयाङग्लाइडिङ छाडिदिन्छ । त्यसपछि ह्याङग्लाइडिङ स्वतन्त्र रुपमा उड्न सक्छ । पर्यटक सवार ह्याङग्लाइडिङलाइ तानेर उडाउने क्रममा म्याक्सिमोभले उडाएको जहाजले सन्तुलन गुमाएको थियो । अल्ट्रालाइटले तानेको हयाङग्लाइडिङको डोरी चुडिएपछि जहाजले सन्तुलन गुमाएर दुर्घटनामा परेको अनुमान छ । एभियाले ह्याङग्लाइडिङ उडानका लागि बेग्लै जहाज ल्याएको थियो । यसलाई पर्यटक उडानको साटो हयाङग्लाइडिङ उडाउनमा प्रयोग गर्दै आएको थियो । कम गतिमा उड्ने भएकोले एभियाले ह्याङग्लाइडिङ उडाउँदा ड्रागन जहाज प्रयोग गर्दै आएको छ ।











Post a Comment

 
Top