0
गोल्डेन न्यूज संवाददाता
नेपालमा गरिबी रहेसम्म गरिवी विरुद्ध लडिरहने प्रण, स्वाभलम्वी र समन्नुत समाज निर्माण गर्र्ने उद्देश्यका साथ वि.सं. २०५१ सालमा पर्वत बाजुङमा ंस्थापित राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल) ले २२औं वार्षिकोत्सव मनायो। वार्षिकोत्सव मनाउन बिहीबार दिउसो करिब २ बजे पर्वत जिल्लाको सदरमुकाम कुश्मास्थित एक पार्टी प्यालेस विवाह मण्डप घर जस्तै थियो । पार्टी प्यालेस ब्यानर र ध्वजा पताकाले सिंगारिनुका साथै पञ्चेबाजा समेत घन्किएको थियो । गलामा परिचय पत्र र एक विशेष पोशाकमा सजिएका सयौं महिला साथमा पुरुष पनि सहभागी थिए । उनीहरु प्लेकार्ड, व्यानर, पञ्चेबाजासहित नारा घन्काउँदै कुश्माबजार परिक्रमा गरि त्यहाँ सहभागी भएका हुन् । कार्यक्रमको छुट्टै रौनक थियो । सभाहल खचाखच थियो । बस्ने ठाउँ नभएर सहभागीहरु ढोकामा उभिन बाध्य थिए। कार्यक्रम निर्धारित समय भन्दा केही ढिलो भएपनि धैर्य गरेर बसेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारमा वाणिज्य मन्त्री रौमी गौचन थकाली सहभागी थिए । संस्थागत प्रतिज्ञा, स्वस्ती वाचन पछि पञ्चेवाजाका साथ २२ वटा पानसमा दीप प्रज्वलन गरि मन्त्री थकालीले कार्यक्रमको उद्घाटन गरेका थिए । नेष्डोको संस्थागत सदस्य १५२ जना, नेपालका १५ जिल्लामा ५० शाखा कार्यालय र प्रधान   २५३ जना कर्मचारी कार्यरत छन्। संस्थाका अध्यक्ष रत्नप्रसाद अधिकारीका अनुसार मुलुकका ७६ हजार विपन्न परिवारले नेष्डोबाट सेवा लिइरहेका छन् । संस्थाका विभिन्न गतिविधिलाई निरन्तरता र थप साँझेदार निकायहरुको खोजी गर्ने सोंचमा आफूहरु रहेको उनले बताए । सदस्यहरुका लागि पेन्सन बचत, सुत्केरी सुविधा, कीरिया खर्च, छात्रवृत्ति सहयोग, उपचार खर्च, दैविक विपत्ति राहत सहयोग, परिवार नियोजन प्रोत्साहन लगायत सामाजिक गतिविधि संचालन गर्दै आइरहेको अध्यक्ष अधिकारीले बताए । नेष्डो नेपाल चेतना नभएका, अशिक्षित, विपन्न, सामाजिक रुपमा पछाडि परेका जातजाती, लिङ्ग, वर्ण, वर्ग र भौगोलिक क्षेत्रको चेतना, संगठन, आयआर्जन र भौतिक विकासका साथै नागरिकको संकटपूर्ण जीवनस्तर सुधार गर्नका लागि क्रियाशिल रहेको छ । देशमा विकराल विपन्नतालाई लक्षित गरि गरिबीमुक्त समुन्नत एवं समावेशी नयाँ नेपालको परिकल्पनाका साथ संस्था अघि बढिरहेको संस्थाका कार्यकारी प्रमुख एवं संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइँले बताए । उनले नेष्डो सामाजिक वित्तीय संस्था भएकाले विपन्न समुदायको आर्थिक, सामाजिक सशक्तिकरणमा समर्पित हुँदै आर्थिक पारदर्शिता र संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको स्पष्ट पारे । उनले भने–‘गैरसरकारी संस्था क्षेत्रमा आर्थिक पारदर्शिता, संस्थागत सुशासन अपेक्षित रुपमा कायम हुन नसकेकाले यो समस्या लाई हामीले चुनौतीको रुपमा लिएका छौं ।’ देशमा राजनीतिक स्वच्छता र स्थिरता नभएकाले आफूहरुलाई विभिन्न खाले समस्या रहेको गुनासो गर्दै उनले मुलुकको परिस्थिति जस्तोसुकै अवस्थामा पुगेपनि आफूहरु जिम्मेवार ढङ्गले अघि बढ्ने स्पष्ट पारे ।  कार्यकारी प्रमुख प्रसाइँले लघुवित्त कारोबार गर्दै आइरहेको नेष्डोलाई नयाँ वित्तिय संस्थाको रुपमा रुपान्तरण गरि पूर्णतः सामाजिक विकास संस्थाको रुपमा संचालन गर्ने लक्ष्य रहेपनि सरकारी नीति नियमले समस्या खडा गर्दै आइरहेको बताए । सुशासन, मानव अधिकार र लोकतान्त्रिक पद्धतिलाई संस्थागत मूल्य र मान्यताको रुपमा आत्मसाथ गर्दै आएको भन्दै कार्यकारी प्रमुख प्रसाइँले सुशासन, मानवअधिकार र विकासलाई प्रवद्र्धन गर्ने जुनसुकै अभियानमा संस्थाको रहयोग र सहभागिता रहने बताए । ‘राजनीतिक इमान्दारिता र स्थिरता बिना हामी नागरिक समाजले संचालन गरेका अभियानबाटमात्र दीगो सम्भव छैन’, उनले भने–‘दलीय मुद्धाहरुमा पूर्ण तटस्थ रहँदै नेष्डो नेपाल विपन्न र अवसरबाट बञ्चित वर्गका आवश्यकता को संवोधन गर्न संविधानको कार्यान्वयनका लागि दवाव दिन केन्द्रित रहनेछ । साधारणसभामा संस्थाकी कोषाध्यक्ष सावित्री खत्री क्षेत्रले आव २०७३÷०७४ सम्भावित खर्च सार्वजनिक गरेकी थिइन । उनले संस्थामार्फत विभिन्न गतिविधि संचालन गर्न ३८ करोड ९५ लाख ८० हजार १५० रुपैयाँ बजेट विनियोजन गरेकी छन् । कोषाध्यक्ष क्षेत्रीका अनुसार आव २०७३÷०७४ मा ४२ करोड ३३ लाख ५० हजार रुपैयाँ आम्दानी भइ सबै खर्च कटाएर ३ करोड ३७ लाख ६९ हजार ९५० रुपैयाँ पुँजीकोषमा बचत गर्ने संस्थाको लक्ष्य छ ।
 
नेष्डोद्वारा संचालित रेडियो संचालन गर्नका लागि १५ लाख रुपैयाँ र नेष्डो विकास संचार सम्मानका लागि यसअघि स्थापित १ लाख रुपैयाँको कोष वृद्धि गरि ५ लाख रुपैयाँ पु¥याइएको कोषाध्यक्ष क्षेत्रीले जानकारी दिइन । उनले ‘एक कर्मचारी, एक व्यवसायिक शीप’, ‘एक कर्मचारी, एक सवारी साधन’, संस्थागत विवाह व्यवस्थापन सहयोग र ‘हाम्रो दृष्टि, नयाँ सृष्टि’ लगायतका योजना यस आर्थिक वर्षमा संचालन गरिने  जानकारी दिइन । कोषाध्यक्ष क्षेत्रीका अनुसार नेष्डोले हात–हातमा कर्जा, साथ–साथमा उपहार, दीर्घजीवन सम्मान, सुन्दर आवास–संवृद्ध जीवन, एक कर्मचारी–एक छात्रवृत्ति लगायतका योजना पनि अघि सारेको छ । आर्थिक तथा मानवीय स्रोत साधनको व्यवस्थापनमा विभिन्न बाधा र अड्चनले पूर्ण अपेक्षित उपलव्धि हासिल गर्न नसकेपछि विगतको सिकाइबाट यसवर्ष पूर्ण रुपमा उपलव्धि हासिल गर्न सकिने उनको विश्वास छ।

आर्थिक विकासमा लघुवित्त संस्थाको भूमिका महत्वपूर्ण’
नेपाल सरकारका वाणिज्य मन्त्री रोमी गौचन थकालीले सडक यातायात, रेल तथा हवाई सेवा, बन्दरगाह र आन्तरिक जलमार्गको विकासमार्फत छिमेकीसँग सम्पर्क सुदृढ गरी मुलुकको विकासमा लाग्नुपर्ने बताएका छन् । शैक्षिक तथा सामाजिक विकास संस्था नेस्डो नेपाल, पर्वतको २२औँ साधारणसभाको बिहीबार उद्घाटन गर्दै मन्त्री थकालीले नेष्डो नेपालजस्ता वित्तीय संस्था दुर्गम भेगमा पनि जानुपर्ने बताउँदै मुस्ताङ, मनाङ लगायत कर्णाली क्षेत्रका बासिन्दालाई वित्तीय सुविधा प्रदान गर्न आग्रह गरे । उनले छिमेकी मुलुकको मात्र भर पर्दा नेपाल सधँै पछाडि परेकाले पूर्वाधार विकास र औद्योगिक क्षेत्रको विकासमा जोड दिनुपर्ने खाचो औंल्याए । गरिवी न्युनिकरण र जनताको आर्थिक स्तर सुधार ल्याउन लघुवित्त क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री थकालीले राज्यले नीति निर्माणमा समेत यस्ता संस्थाहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिए । लघुवित्त संस्थाले दिएको सेवा र वि.पि.ले कल्पना गरेको प्रजातान्त्रिक समाजवाद वीच सामिप्यता रहेको भन्दै उनले सम्वृद्ध नेपाल बनाउन लघुवित्त संस्थालाई थप प्रवद्र्धन गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष रत्नप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ग्लोवल फेयरनेश इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्य, सृजना विकास केन्द्र सिराहाका अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ, सल्भ धनकुटाका कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठ, सृजना विकास केन्द्र पोखराका कार्यकारी निर्देशक विरवहादुर अधिकारी, संस्थाका आजीवन सदस्य ईन्द्रमान खत्री, नेपाली कांग्रेस पर्वत सभापति खेमप्रसाद भुषाल, जिविस पर्वतका पूर्व सभापति राम शर्मा पौडेल, संस्थाका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाइँ लगायतले नेपालको आर्थिक समुन्नतिमा लघुवित्त संस्थाहरुले खेलेको भूमिकाको चर्चा गरेका थिए । उक्त अवसरमा संस्थाका लघुवित्त प्रमुख विश्ववन्धु प्रसाइँले स्वागत, प्रशासकीय अधिकृत इन्दु खत्री क्षेत्रीले संस्थागत प्रतिज्ञ र कार्यक्रम संचालन सूचना अधिकृत ओमना क्षेत्रीले गरेकी थिइन । कार्यक्रममा संस्थाको गतिविधि, लघुवित्त तथा अन्य विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दर्जन बढीलाई सम्मान गरिएको थियो भने मन्त्री थकालीलाई नागरिक अभिनन्दन गरिएको थियो ।
यसअघि नेपाली कांग्रेस पर्वतले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री थकालीले आफ्नो मन्त्रालयको काममा प्रधानमन्त्री प्रचण्ड र आफ्नो पार्टी सभापति शेरवहादुर देउवाको कुनै हस्तक्षेप नहुने बताए । उनले प्रधानमन्त्री र पार्टीको दबावमा एउटै काम नगर्ने स्पष्ट पारे । उनले राजनीतिमा मन्त्री पद् आउने जाने भइरहने भन्दै उनले हस्तक्षेप स्वीकार गरेर पदमा नबस्ने भन्दै पार्टी भित्रको गुट–उपगुटको बारेमा तिखो व्यंग्य गरे । पार्टीमा गुट उपगुट हावी हुँदा विपक्षीले फाईदा लिएको उनले दाबी गरे ।
मन्त्री थकालीले पार्टीमा लामो समयसम्म काम गरेका मान्छे पछाडि नै रहनुमा पनि गुटको प्रभाव रहेको समेत स्पष्ट पारे । आफू पर्वतको मुडिकुवामा जन्मेको नाताले पर्वत जिल्लाको निकै माया लाग्ने पनि उनले पटक पटक दोहो¥याए । राजनीतिमा पदका लागि पैसाको खोलो बगाउने गरिएको प्रसंग निकाल्दै मन्त्री थकालीले आफू कुनै लोभ र लालचमा नलागी जनताको पक्षमा काम गर्ने उल्लेख गरे । उनले अहिलेको सरकार संविधान कार्यान्वयन गरेर विकासको दिशामा अगाडि बढ्न चाहेको समेत स्पष्ट पारे । संविधान संशोधन पछि कार्यान्वयन हुने भन्दै उनले हिमाल, पहाड र तराईलाई एकतामा जोड्न संविधान कार्यान्वयन जरुरी रहेको बताए ।





Post a Comment

 
Top