0
गोल्डेन न्यूज संवाददाता
विपन्न तथा बैंकको पहुँचबाट टाढा रहेका महिलाहरुलाई आर्थिक आत्मनिर्भर तथा सामाजिक कार्यमा सक्रिय पोखराको सृजना बैंकिङ्ग र धनकुटाको सल्भ नेपालबीच अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । संस्थागत क्षमता अभिवृद्धिका लागि पोखरा आएको सल्भ नेपालका सदस्यहरुले सृजना विकास केन्द्रद्वारा सञ्चालित सृजना बैंकिङ्ग अवलोकन पश्चात आयोजित कार्यक्रममा संस्थागत अनुभव आदान–प्रदान भएको थियो । कार्यक्रममा सृजना बैंकिङ्गका कार्यकारी प्रमुख विरबहादुर अधिकारीले सृजना बैंकिङ्ग मार्फत २७ हजार महिलाहरुलाई ७९ करोड सामूहिक ऋण लगानी भएको बताए । सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रधानले लघुवित्त कार्यक्रमले महिलाको क्षमता विकासमा देशमै महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रमका अध्यक्ष तथा सृजना विकास केन्द्रका कार्यवाहक अध्यक्ष कृष्ण थापाले लघुवित्तको विकासमा सबै संस्थाको सहकार्य महत्वपूर्ण रहने हुँदा सृजना र सल्भ नेपालको मितेरी सम्बन्धले सकारात्मक सन्देश दिने बताए । कार्यक्रममा सल्भ नेपालका महासचिव शान्ता दाहाल, सृजना विकास केन्द्रका महासचिव मिन प्रसाद भट्टराई, सचिव विश्व श्रेष्ठ लगायतले संस्थागत विकासले सामाजिक भावनाको विकास हुने धारणा राखेका थिए । २०३७ सालमा स्थापना भएको सृजना विकास केन्द्रले सामाजिक उत्तरदायित्वमूलक कार्य सृजना वाल गृह, सृजना बोरिङ्ग र सृजना बैंकिङ्ग मार्फत चार जिल्लामा आफ्नो कार्य गर्दै आएको कोषाध्यक्ष इन्द्र पौडेलले बताए ।


Post a Comment

 
Top