0
गोल्डेन न्यूज संवाददाता
पृथ्वीचोकस्थित बाँस्तोला कम्प्लेक्समा बिहीबारदेखि सुरु भएको दोस्रो सस्तो व्यापार मेलामा दुई दिनमा ७० लाख कारोबार भएको छ । मेला संयोजक माधव बास्तोलाका अनुसार दुई दिनमा १५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । १५ गतेसम्म चल्ने महोत्सवमा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी छ । प्रदेश तारामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार र सान्त्वना पुरस्कार दुई जनलाई ५÷५ हजारका दरले प्रदान गरिने छ । प्रदेश तारा तीन चारणमा गरी विजेता घोषणा गरिने बास्तोलाले बताए । अडिसनमा ३३ जना सहभागी भएका थिए । लोक दोहोरी धमाकामा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, पशुपति शर्मा, राजु परियार, जानकी तारामी मगरका साथै कास्की र गण्डकी चर्चित गायक गायिकाहरुको प्रस्तुति रहनेछ । शनिबार राजु परियार लगायतका चर्चित कलाकारको प्रस्तुति रहनेछ ।












Post a Comment

 
Top