0
गोल्डेन न्यूज संवाददाता
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सिनेमामा कलम चलाउने पत्रकार धैर्यता र अध्ययनमा बढी जोड दिनुपर्ने खालको हुनुपर्ने बताएका छन् । उनले चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरिएको ३ दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ को समापन कार्यक्रममा बोल्दै उनले उनले सिनेमा क्षेत्रलाईकर्मथलो बनाउनेहरु बढी पूर्वाग्राही भएको समेत गुनासो गरे। ‘पहिला निर्देशक, निर्माता र कलाकारलाई बढी जोड दिइन्थ्यो,’ उनले भने,–‘अहिले सिनेमा प्रवद्र्धन बढी गर्नुपर्ने अवस्था आएको छ ।’ उनले ग्राउन्ड वेस नभईकन सिनेमा निर्माण गरे असफल हुने भन्दै सिनेमालाई परिमार्जित र व्यवस्थित बनाउनको लागि छिट्टै बक्स अफिस ल्याउने तयारी भएको घोषणा गरे । ‘नेपाली सिनेमा पूर्णता नभएपनि अहिले आएर केही परिवर्तन आएको प्रस्ट देखिन्छ,’ उनले भने–‘फरकधारका सिनेमाले विश्वबजारमा राम्रो गरेको छ ।’ कार्यशाला र सिक्ने कुराहरु अन्त्य सम्म सिकिरहन पर्ने उनले सबैलाई सुझाए ।
 
नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष बद्रीबिनोद प्रतिकले सहभागि संख्या जति भएपनि सिकाईमा महत्व दिने बताए । उनले भने–‘कार्यशाला परिणाममूखी हुनुपर्छ ।’ प्रशिक्षक कृष्ण भट्टराईले नयाँ पत्रकारलाई कार्यशालाले उर्जा दिने र इन्करेज गर्ने बताए । पत्रकारिता चौथो अंग भएपनि मनोरञ्जनलाई सातौं अंगमा हेरे पनि यसको दायरा फराकिलो हुँदै गएको उनले स्पष्ट पारे ।  प्रशिक्षार्थी पत्रकार श्रीभद्र पौडेलले कार्यशालाबाट सिनेमा सम्बन्धी लेखन र आचारसंहिताको बारेमा जानकारी भएको बताए । कार्यक्रममा गुरुङ फिल्म एसोसियसनका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), पोखरा  फिल्मस सोसाइटीका अध्यक्ष घनश्याम लामिछाने, विग एफका अध्यक्ष महेश भण्डारीले बोलेका थिए । कार्यशालाको पहिलो दिन समीक्षक एवं साहित्कार प्रकाश सायमीले चलचित्रको इतिहास र वर्तमान, डब्बु क्षेत्री पत्रकारितामा पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका र कृष्ण भट्टराईले नेपालमा सिनेमाको विकास र संचारकर्मीको भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखरा, लेखनाथ, हेम्जा मिडियामा काम गर्ने पत्रकारहरु सहभागी थिए । चलचित्र पत्रकार संघ ास्कीका अध्यक्ष रेम बिकको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेलले धन्यवाद ज्ञापन र सचिव सुशन घिमिरेले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top