0
विवाहित महिलाहरुलाई मञ्च प्रदान गर्न र उनीहरुका अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न ‘मिसेस गण्डकी नेपाल’ हुने भएको छ । प्रतियोगिताका लागि पोखरामा मंसिर २५ गते अडिसन हुने आयोजक गोस्पेल मल्टिमिडिया प्रालिका अध्यक्ष निरु पुनले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । उदिम मिडिया प्रालिको व्यवस्थापनमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुनले प्रतियोगिताका लागि अडिसन सहभागीबाट ३० जना अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुने बताईन् । ‘मिसेस गण्डकी नेपाल’ को अन्तिम प्रतिस्पर्धा पुस २३ गते शनिबार हुनेछ । प्रतियोगिताको कोरियाग्राफी मिस नेपाल–२००० कि बिजेता उसा खड्गीले गर्ने कार्यक्रमको एमसी जिपी तिमिल्सनाले गर्ने गोस्पेल मल्टिमिडिया प्रालिका उपाध्यक्ष प्रतिक ठकुरीले जानकारी दिए ।
प्रतियोगिताको टाइटल बिजेताले स्कुटर, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउने म्यानेजिङ डाइरेक्टर बिशाल गुरुङले बताए। म्यानेजिङ डाइरेक्टर बिशालका अनुसार फस्ट रनरअपले ३० हजार रुपैंयाँ, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् भने सेकेन्ड रनरअपले २० हजार रुपैंया, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् । प्रतियोगितामा मोस्ट ट्यालेन्ट, पर्सनालिटी, बेस्ट स्किन, बेस्ट हेयर, बेस्ट स्माइल, फोटोजेनिक, पपुलर विधामा पनि पुरस्कार दिइनेछ। प्रतियोगिता गर्नलाई १२ लाख ८० हजार २० रुपैंया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

Post a Comment

 
Top