0
कास्कीमा यस बर्ष ८८ हजार ८ सय ३०.५ मेट्रिकटन धान उत्पादन हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय कास्कीले दिएको जानकारी अनुसार उक्त धान उत्पादन गत बर्षको भन्दा ५ प्रतिशतले बढेको हो । गत बर्ष कास्कीमा प्रति हेक्टर २६ दशमलव ५० मेट्रीकटन धान उत्पादन भएको थियो भने ८४ हजार ६ सय ८० मेट्रिकटन धान उत्पान भएको कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय कास्कीका कृर्षि प्रशासन शाखाका प्राविधि सहायक सुकदेव सुवेदीले बताए । कास्कीमा हाल २६ हजार ५० हेक्टर खेतमा धान खेति हुदै आएको कार्यालयले जनाएको छ । तीन वर्षअघि २७ हजार हेक्टर क्षेत्रफल रहेकोमा पछिल्लो क्रममा भवन तथा घरहरु निर्माण भएकोले सो क्षेत्र घट्दै गएको छ । यसपालि लगातार धेरै बर्ष भएको, प्राकृतिक प्रकोप खासै नपरेको, समयमै रोपाइँ भएको, कृषि प्राविधिक सेवा प्रभावकारी भएकोले तथा उन्नतजातको धान रोपेका कारणले गर्दा पनि अघिल्लो बर्षको तुलनामा धान उत्पादनमा बृद्धि भएको कृषि कार्यालयले जनाएको छ । कास्कीमा बढी लोकप्रिय पोखरेली जेठो बुढो धान रहेको छ । यो धानको चामल नरम, वास्नादार, स्वादिलो भएका कारण धेरै उपभोक्ताहरुले बढी मन पराउने गर्दछन । तर पछिल्लो समय यो धान लोपोन्मुख अवस्थामा पुगेको छ। पामे, ठूलाखेत, चापाकोट, कुँडहर, विरुवा चाउथे, आर्वा, गुडुवाफाँट, धारापानी, अर्मला, लेखनाथको शिशुवा लगायतको क्षेत्रमा पोखरेली जेठोबुढो धान उत्पादन हुने गर्दछ । कास्कीमा लोकलजातका धानमा सुधारिएको जेठोबुढो, पोखरेली मसिनो (पहेले),गुद्र्री, मनसारा, आपझुत्ते हुन् । त्यस्तै उन्नत जातहरुमा  मकवानपुर १, राधा ४, सावित्री, खुमल ८, खुमल १०, रामधान रोपिन्छ । हाइव्रिड जातमा पृथ्वी, यूएस तीन सय १२, लोकनाथ च्याम्पियन, गोरखनाथ यी धान विदेशबाट आयात हुन्छन् । यी धान विदेशबाट आयात गरेपछि विउ उत्पादन गर्ने सुवेदीले बताए । त्यस्तै चैते धानमा सिएस ४५, हर्विनाथ १ धान रोपिन्छ ।
गुणस्तर जातमा जर्नेली, मसिनो लगाइन्छ भने लेकाली धानमा झिनुवा, पारीवात्ले, थुम्रुङलोकल, लुम्ले दुई लगायतका धानका जातहरु पनि लगाएको पाइन्छ ।

Post a Comment

 
Top