0
राष्ट्रिय परोपकार महासंघ कालिका–४ गाउँ इकाइको प्रथम अधिवेकशन सम्पन्न भएको छ । इकाइका अध्यक्ष विश्वरमण अधिकारीको सभापतित्वमा सम्पन्न अधिवेशनले पुनः विश्वरमण अधिकारीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमितिको चयन भएको छ । समितिको उपाध्यक्षमा प्रेमनाथ अधिकारी, सचिवमा माधव पौडेल, कोषाध्यक्षमा विष्णुमायाँ पौडेल, सदस्यहरुमा डम्बर बहादुर नेपाली, रामकृष्ण अधिकारी, केदारनाथ अधिकारी, रामबहादुर भुजेल, लेखनाथ भण्डारी, नारायण प्रसाद त्रिपाठी र वलाराम पौडेल रहेका छन्। प्रमुख अतिथि एवम् महासंघका केन्द्रीय सदस्य गणेश अधिकारीले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिंदै परोकार महासंघको उद्देश्यका वारेमा चर्चा गर्दै कालिका ४ इकाइले पनि सोही अनुसार विभिन्न सामाजिक जुट्न आग्रह गरेका थिए भने सचिव माधव प्रसाद अधिकारीले संचालन गरेको लेखनाथ–५ वडा इकाइ समितिका सचिव असिम खाती क्षेत्रीले जानकारी दिएका छन् ।



Post a Comment

 
Top